प्रहरीको अगुवाईमा नगर सरसफाई

dsp krishna ojhaपाँचथर, ४ वैशाख । जिल्ला प्रहरी कार्यालय पाँचथरको अग्रसरता तथा फिदिम नगरपालिकाको सहयोगमा फिदिममा नगर पािलकाको ढल, नाली तथा सडकहरू सरसफाई गरिएको छ । अभियान हप्ताको प्रत्येक शनिबार बीहान ७ बजे देखि ९ बजे सम्म सरसफाइ कार्यक्रम संचालन गरिने छ ।

यो सफाई आठौ हप्ताको रूपमा भएको हो । ७२ फागून १५ गते देखि निरन्तर रहिआएको छ । अभियानमा बिभिन्न संघ सस्थाहरू स्थानीय नागरीकहरू समेतको सहभागिता रहने गरेको प्रहरीले जनाएको छ । पाँचथर डिएसपी कृष्णप्रसाद कोइरालाले यो अभियान काठमाडौंको बागमति नदी सरसफाइजस्तै निरन्तर रहने बताउदै उनी नाली बाट फोहोरहिलो बेल्चाले उठाउँदै जबाफ दिदै आएका छन । 

यही क्रममा यो शनिबार फिदिमको देवकोटा चोकदेखि नागीन चोक सम्म सरसफाइ गरीएको हो । अभियानमा फिदिम नगरपालीका १ वडा समितिका पदाधिकारीहरू पनी रहेका थिए । सहभागी हूनेहरूमा स्थानीय महिलाहरू , बाणिज्य संघ पाँचथरका पूर्व पदाधिकारी शूभराज थापा, रमेश प्रधानाङ , पाँचथर क्लबका अध्यक्ष अनूराग केप्छाकी लगायतले नाली भित्र पसेर हिलोलाइ फाल्नेकाम गरेका थिए ।

प्रतिक्रिया