नयाँ वर्षमा एनसेलको रोमिङ योजना

NCELL copyकाठमाडौं, ३० चैत । एनसेलले आफू मलेसियन टेलिकम कम्पनी एक्जियटा समूहमा आवद्घ भएको अवसरमा, पहिलो सौगात स्वरूप मलेसिया, श्रीलंका, बंगलादेश र कम्बोडियाका लागि रोमिङ योजना ल्याएको छ । एक्जियटा समूहको नेटवर्कभित्र पर्ने यी देशहरूको भ्रमणमा जाने एनसेलका ग्राहकहरूले रोमिङ सेवामा आकर्षक छुट पाउनेछन् ।

यो योजनाअन्र्तगत, एनसेलका प्रिपेड र पोस्टपेड ग्राहकले अब करसहित प्रति मिनेट १५ रुपियाँमा नेपालमा कल गर्न सक्नेछन् । यसका लागि भ्रमणका बेलामा सेलकम (मलेसिया), डायलग (श्रीलंका), रोबी (बांलादेश) र स्मार्ट (कम्बोडिया) को नेटवर्कमा कनेक्ट हुनुपर्ने हुन्छ । ४ देशका यी कम्पनीहरूमा एक्जियटाको लगानी रहेको छ ।

यो रोमिङ योजनाअन्र्तगत यी ४ देशको भ्रमणमा रहेका बेलामा ग्राहकले प्रति एसएमएस १५ रुपियाँ र रोमिङका बेलामा इन्टरनेट प्रति एमबी १५ रुपियाँमा चलाउन सक्नेछन् । आगमन एसएमएस भने निःशुल्क हुनेछ । यो योजनाअन्र्तगत रोमिङको बेलामा कल गर्दा पाइने छुट नेपालमा कल गर्दा र एक्जियटा समूहभित्रका यो योजनामा उल्लिखित देशहरूमा फोन गर्दा लागू हुनेछ ।

हालको बंगलादेशबाट नेपालमा कल गर्दा सेवा प्रदायक कम्पनी अनुसार प्रति मिनेट ४९ देखि ५ सय ४९ रुपियाँसम्म पर्छ । त्यस्तै कम्बोडियाबाट ३ सय ४९, मलेसियाबाट ५ सय ९९ र श्रीलंकाबाट ४९ देखि १ सय ४९ रुपियाँसम्म पर्छ । एसएमएसको हकमा देश हेरेर २० देखि ६० रुपियाँ प्रति एसएमएस शुल्क लाग्ने गरेको छ ।

यो योजना नयाँवर्ष ०७३ को १ वैशाखबाट लागू हुनेछ र अर्को सूचना नआएसम्म सञ्चालनमा रहनेछ । यो रोमिङ योजनामा सहभागी हुन एनसेलका प्रिपेड ग्राहकले ९००२२८ मा अंग्रेजीमा ‘ए’ टाइप गरी एसएमएस पठाउनुपर्ने हुन्छ । त्यसैगरी पोस्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफ्नो नम्बरमा यो योजना सामेल गराउनुपर्ने हुन्छ ।

‘एनसेल एक्जियटा रोम अफर, नववर्ष २०७३ र एनसेल एक्जियटा समूहमा आवद्घ भएको उपलक्ष्यमा ग्राहकहरूका लागि ल्याइएको एक उपहार हो । एसियाको अग्रणी टेलिकम समूह एक्जियटाभित्र रही एनसेलले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई सुलभ र सहज सञ्चार सेवाहरू दिइरहनेछ’, एनसेलका इन्टरप्राइज निर्देशक प्रणय आचार्यले भने ।

प्रतिक्रिया