इन्द्रेणीमा ‘प्रोग्रेसिभ एजुकेसन’ कार्यशाला

काभ्रे, २७ चैत । ‘शान्ति र विकासका लागि शिक्षा’ भन्ने मूल नाराका साथ इन्द्रेणीमा विद्या मन्दिर पाँचखाल ३ काभ्रेले विद्यालयमा कार्यरत शक्षकहरूलाई लक्षित गरी ३५ घन्टे ‘प्रोग्रेसिभ एजुकेसन’ कार्यशालाको सञ्चालन गरेको छ ।

‘प्रोग्रेसिभ एजुकेसन’ दर्शनमा आधारित रही शिक्षण सिकाईलाई प्रयोगात्मक रूपमा अनुभवसँग जोडेर कसरी प्रभावकारी र सहज रूपमा सिकाइ उपलब्धि हासिल गर्ने भन्ने विषयमा कार्यशाला केन्द्रित रहेको जानकारी विद्यालयका प्रिन्सिपल राममणि सापकोटाले दिएका छन् ।

रविभवनस्थित निसर्ग सेन्टर फर एजुकेटर्ससँग दीर्घकालीन सहकार्य गर्दै विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउने उद्देश्य विद्यालयले राखेको छ । यस क्रममा शिक्षकहरूको पेशागत सीप, दक्षता र धारणामा अभिबृद्धि गर्न सञ्चालन गरिएको कार्यशालाले विद्यालयको सिकाइ संस्कारलाई बलियो बनाउन टेवा पु¥याउने कुरामा दुइमत नरहेको कार्यशालाका सहभागीहरूले बताए थिए ।

निसर्ग–इन्द्रेणी सहकार्यको यो पहिलो कार्यक्रम हो । आगामी शैक्षिक सत्रमा पनि थप ३५ घण्टे प्याकेज कार्यशाला सञ्चालन हुने समेत जानकारी दिइएको छ ।

अवलोकन भ्रमण, सहजीकरण, अन्तरक्रिया जस्ता विभिन्न गतिविधि गर्दै अघि बढ्ने निसर्ग–इन्द्रेणी सहकार्यले इन्द्रेणी विद्या मन्दिरको सिकाई वातावरणलाई समयानुकूल विकास गर्दै जाने र विद्यार्थीको सिकाइ स्तरोन्नति गराउने कुरामा विद्यालय परिवार विश्वस्त रहेको आयोजकले जनाएको छ ।

निसर्ग सेन्टर फर एजुकेटर्सबाट कामना रेग्मी, अचला पोख्रेल र नरेन्द्रकुमार नगरकोटीले कार्यशालामा सहजकर्ताको भूमिका निभाएका थिए ।

प्रतिक्रिया