पाटेबाघको छालासहित पक्राउ

बर्दीया, २७ चैत । बर्दियाको सूर्यपटुवा गाविस–९ सोनाहास्थित एक व्यक्तिको खेतमा रहेको परालमा लुकाएर राखेको अवस्थामा प्रहरीले लोपोन्मुख पाटेवाघको छाला सहित एकजनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा वनियाँभार–४ निवासी ३९ बर्षिय टिकाराम थारुलाई मजकुर केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय बर्दियाको सादा पोशाकमा खटिएका प्रहरीले थारुलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाका आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न ढोडरी गाविस वार्ड नं. ४ वस्ने वर्ष ४० का शंकर थारु, वनियाभार–१ वस्ने वर्ष ३५ का सुमन थारु लगायत नाम नखुलेका अन्य दुई जना गरी ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भैरहेको जनाईएको छ । थारु माथी थप अनुसन्धान भैरहेको र छाला सहित उनलाई जिल्ला वन कार्यालय बर्दियामा वुझाईने जिल्ला प्रहरी कार्यालयका डिएसपी नेत्रमणि गिरीले बताए । बर्दियामा ५० वटा वयस्क पाटेबाघ रहेका छन् । पछिल्लो समय बाघको चोरी शिकार बढेपछि बाघ संरक्षणमा चुनौती थपिएको छ ।

प्रतिक्रिया