पानी नचल्ने मान्छे

chandra gurung copyधेरै धेरै पटक
मलाई निकै अप्ठेरोमा पार्दै
पानीपँधेरोतिर, घरआँगनतिर
मेलाजात्रातिर, गाउँसहरतिर
मान्छेहरूले भनेका छन्
तिमी पानी नचल्ने मान्छे हौ ।

धेरै धेरै पटक
मेरो मुटुलाई अमिलो बनाउँदै
गाली गरे झैँ, झपारे झैँ
हेपे झैँ, चेतावनी दिए झैँ, सम्झाए झैँ
मान्छेहरूले भनेका छन्
तिमीले छुनु हुँदैन पानी ।

म सोच्छु
र, रन्थनिन्छु सधैँ
के पानीलाई थाहा छ मैले उसलाई छुनु हुँदैन ?

प्रतिक्रिया