कुरीतिविरुद्व लेख्न‘श्वेता’को अपिल

sweta khadkaकाठमाडौं, २६ चैत । समाजमा अझैँ पनि व्याप्त बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियानकी सद्भावना दूत अभिनेत्री श्वेता खड्काले सामाजिक कुरीति उन्मूलनका लागि सञ्चारमाध्यमलाई कलम अभियानमा लाग्न अपिल गरेकी छन् । उनले सञ्चारमाध्यामले यस्ता विषयलाई उजागर गर्दै नियमित रूपमा उठान गर्नसमेत अनुरोध गरेकी छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मलेन तथा छलफल कार्यक्रममा उनले सबै सञ्चारमाध्यमलाई बालविवाह एवं दाइजोजस्ता कुरीति उन्मुलनका लागि अघि सर्नुपर्ने बताएकी छन् । सन् २००५ अक्टोबर ११ बाट जनकपुरबाट सुरु भएको बालविवाह एवं दाइजोविरुद्धको अभियान हाल राष्ट्रिय रूपमा विस्तार भइरहेको छ ।

कार्यक्रममा बालविवाहसम्बन्धी नयाँ अध्ययन प्रतिवेदन २०१५ (युनिसेफ र बालिका दुलही होइनले धेरै बालविवाह हुने ६ जिल्लामा गरेको अध्ययनअनुसार) बालविवाह हुने अत्यधिक दरको हिसाबले सप्तरी जिल्ला अगाडि देखिएको छ । अन्य धेरै जिल्लामा देखिएका यस्ता कुप्रथा अन्त्यका लागि सञ्चारले खेल्ने भूमिकाका बारेमा छलफल चलाइएको थियो ।

प्रतिक्रिया