बालकोट खुला ब्याडमिन्टन : सुशील र कृष्णको जोडी सफल

balkot khulla badmintonकाठमाडौं, २१ चैत । सुशील पौडेल र कृष्ण कटुवालको जोडीले माउन्ट भ्यू खुला ब्याडमिन्टन प्रतियोगितामा आइतबार सफलता हात पारेका छन् । पुरुष डबलमा बालकोट ब्याडमिन्टन क्लबका सुशील र कृष्णको जोडीले नागरिक हस्पिटलका निकेश निरौला र सुलोचन भट्टराईको जोडीलाई २१–१७ र २१–१६ को सोझो सेटमा हराए ।

बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पुरुष डबलकै अन्य खेलमा पूर्ण होना र सुशील होनाको जोडीले भगत रानाभाट र सुवास थापाको जोडीलाई २–० को सोझो सेटमा हराए । बालकोटस्थित माउन्ड भ्यु स्कोलको कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पुरुष डबलको खेलमा मोहन कवे र सुमन खड्काको जोडीले गंगा थोप्र्रे र सुरेश श्रेष्ठको जोडीलाई २–० को सेटमा हराए । त्यस्तै दीपक खत्री र विकास भट्टराईको जोडीले दत्तात्रय दाहाल र जितेन्द्र श्रेष्ठको जोडीलाई तथा सञ्जीव कटुवाल र ज्ञानेन्द्र लिम्बूको जोडीले राजु खुम्बू र दिवाकर श्रेष्ठको जोडीलाई समान २–१ को सेटमा हराए ।

प्रतिक्रिया