१९औँ फूल मेला सम्पन्न

flower copyकाठमाडौं, २१ चैत । राजधानीमा जारी १९औँ फ्लोरा एक्स्पो मेलामा ६५ लाख रुपैयाँको कारोबारसहित सम्पन्न भएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा गत बिहीबारदेखि ४ दिनसम्म चलेको मेलामा ६० हजारभन्दा बढी पुष्प पारखीले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

मेलामा पुष्पजन्य बोट बिरुवा, कट फ्लावर, फलफूलका बोट बिरुवा, बन्साई आदिको कारोबार भएको थियो । मेलाको अन्तिम दिन छुट पाइने र फूलबिरुवा सस्तो दरमा पाइने अनुमानका कारण अवलोकनकर्ता र ग्राहकको उपस्थिति उच्च रहेको आयोजकले जनाएको छ । मेलामा जम्मा ६४ वटा स्टल राखिएका थिए ।

प्रतिक्रिया