प्रहरीद्वारा चोरीको ल्यापटप बरामद

काभ्रे, १९ चैत । जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिका–३ गणेशस्थान बस्ने जयलाल माकाजु श्रेष्ठको घरबाट चोरी भएको लेनोभा कम्पनीको ल्यापटप धुलिखेलमा फेला पारी सम्बन्धित धनी जयलाल माकाजु श्रेष्ठलाई काभ्रे प्रहरीले हस्तान्तरण गरेको छ ।

यसैबीच काभ्रेपलाञ्चोक जिल्ला कुशादेवी–७ स्थित बारीमा बेवारिसे अवस्थामा जिउँदो भाले जातको रतुवा मृग कुशादेवी प्रहरीले फेला पारेको छ । उक्त रतुवा मृगलाई आवश्यक संरक्षणको लागि जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकमा १८ चैतमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया