अनावश्यक वक्तव्यवाजी नगर्न चेतावनी

ljhosf] d':sfg   Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLsf] ?kdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;

ljhosf] d’:sfg
Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLsf] ?kdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १८ चैत । नेपाल सरकार परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताविरुद्ध वक्तव्यबाजी नगर्न भारत र युरोपियन युनियनलाई चेतावनी दिएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्समा भारत र इयुले जारी गरेको संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको भन्दै जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौमिकता माथि अनावश्यक वक्तव्यबाजी नगर्न चेतावनी दिइएको हो ।

बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत–युरोप संयुक्त वक्तव्यले नेपाल र नेपाली जनताको भावनामा चोट पु¥याएको र अन्य देशको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसंघको आधारभूत मान्यतालाई समेत प्रहार गरेको जनाएको छ । ‘इयु र भारतबीचको विज्ञप्तिले नेपालीको भावनालाई चोट मात्रै पु¥याएको छैन, यसले अर्काे देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने राष्ट्रसंघको आधारभूत सिद्धान्त अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रमाथि पनि कडा प्रहार गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपालले वैधानिक र लोकतान्त्रिक विधिबाट संविधान जारी गरेको स्मरण गराउँदै जारी संविधानले नेपाली जनताका हक अधिकारलाई पूर्णरूपमा समेटेको पनि उल्लेख गरिएको छ । यस्तै संविधानसभाले बनाएको संविधान शान्ति प्रक्रियालाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई निश्कर्षमा पु¥याएको जनाइएको छ ।

नेपालको संविधान निर्माण र जारी गर्नु नेपालको नितान्त आन्तरिक विषय भएकोे जनाउँदै यसमाथि अनावश्यक वक्तव्यबाजी नगर्न विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । अर्काे देशको सार्वभौमसत्ता र स्वतन्त्रताविरुद्ध यस्ता विज्ञप्ति नदोहो¥याउन पनि विज्ञप्तिमा अपिल गरिएको छ । ‘नेपाल सरकार सार्वभौमसत्ता र स्वतन्त्र देशको प्रजातान्त्रिक र सार्वभौमिक अधिकारको सम्मान गर्न सबैमा अपिल गर्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा नेपाली जनता र नेपाल सरकार आन्तरिक मतभेदहरू संविधानको परिधीभित्रै रहेर सुल्झाउन सक्षम रहेको पनि उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राजधानीमा भएको विभिन्न कार्यक्रममा सम्वोधन गर्ने क्रममा पनि भारत र इयुको संयुक्त व्यक्तव्यको कडा निन्दा गरेका छन् । उनले नेपाल एउटा स्वतन्त्र र सार्वभौम देश भएको बताउँदै छिमेकी मित्रराष्ट्रहरूले यसलाई स्वीकार्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले जन निर्वाचित संविधानसभाले सफलतापूर्वक संविधान जारी गरेपछि तीव्र विकासको फड्कोमा मुलुकलाई लैजान चाहेको पनि बताए ।

युरोपियन युनियन र भारतले नेपालको संविधान अपूर्ण रहेको आशयसहित संयुक्त वक्तव्य जारी गरेका बेला प्रधानमन्त्री ओलीले दुनियाँका कुनै पनि लोकतन्त्रमा सर्वसम्मती हुन नसकेको समेत वताए । ‘आज म फेरि जोड दिएर भन्न चाहन्छु, नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘हाम्रा छिमेकी र मित्रहरूले हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई स्वीकारेको हेर्न चाहन्छौँ ।’ संविधानसभाले सफलतापूर्वक संविधान जारी गरेको र संविधानमाथि जनताको गुनासो बाँकी नरहेको पनि उनले बताए ।

उनले संसारको कुनै पनि लोकतन्त्रमा सर्वसम्मतीको अभ्यास नभएको बताउँदै कतै सर्वसम्मती भए देखाइदिन आग्रह गरे । ‘दुनियाँको कुनचाहीँ लोकतन्त्रमा सर्वसम्मतीले निर्णय भएको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘हामीलाई सर्वसम्मत गर भन्नेहरूकै देशमा पनि फरक विचारहरूलाई किन समेट्न सकेका छैनन् ?’

प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउँदै तीव्र विकासको संकल्पमा आफू अग्रसर भएको उल्लेख गरे । ‘अब

विकास ढिलो होइन, हामी तीव्र विकासको संकल्प गर्नुपर्ने ठाउँमा छौँ’ प्रधानमन्त्रीले भने, ‘विकासको पनि हाम्रो आफ्नै मोडेल हुनुपर्छ, अरू कसैको अनुकरण गर्ने होइन ।’

एक अर्को कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सार्वभौम र स्वतन्त्रमुलुक नेपाल २ देशको तुलनामा भौगोलिक हिसाबले सानो होला तर हामी हाम्रो बारेका निर्णय आफैँ गर्न सक्षम छौँ ।’

‘कुनै पनि बहानामा यसो गर र उसो गर भनेर आत्मसम्मानमा चोट पुग्ने गरी कसैले पनि बोल्नुहँदैन,’ प्रधानमन्त्री ओलीले भने । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित सुलोचना महाकाव्यको पात्रको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले आर्थिक रूपले नेपाल गरिब भए पनि पराधिन नरहेको बताए । आफू जतिदिन प्रधानमन्त्री पदमा बसे पनि देश र जनताको हितमा खटेर लाग्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया