रेग्मीको गीत सार्वजनिक

deny-photo-1काठामाडौं । गायक डेनी रेग्मीको ‘म यति गोरी, म यति राम्री’ बोलको गीत सार्वजनिक भएको छ । प्रायः गीतमा आपूmमा भएको विशेषता वा शारीरिक बनोटलाई बढाइचढाई गर्ने गरेको पाइएता पनि रेग्मीको भिडियोमा आफ्नै मौलिकपन झल्कन्छ । ‘म यति गोरी, म यति राम्री, म यति अग्ली, म यति हँसिली’ जस्ता शब्दले रेग्मीको गीत झन् सुनौँसुनाँै बनेको छ । उक्त भिडियोलाई गीतकार किरण बरालले चलनचल्तीका शब्दहरू राखेर भिन्न बनाइदिएका छन् । आपैmँलाई बढाइचढाइ गरेको या आपूmलाई केही होइन भनेर नजरअन्दाज गरिने पाटो हाबी भएका नेपाली गीतको भिडमा आपूmलाई बढी वा घटी केही नभएर ठिक्कको हो भन्ने भाव बोकेको गीत हो ।

ललितपुरको सिलौटा रिसोर्टलाई कलात्मक रूपमा प्रयोग गरिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यसभन्दा अगाडि ‘मैले चोलीको तुनामा’ बोलको गीत गाएर स्रोतामाझ चिनिएकी रेग्मी यस गीतले आफ्नो सांस्कृतिक पहिचानलाई अझ दर्शकमाझ फैलाउने विश्वास लिएकी छन् । आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस् एन्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया