कास्कीमा एसएलसी दिनेमा छात्रा बढी

पोखरा, १७ चैत । बिहीबार सुरु हुने एसएलसी परीक्षामा कास्कीमा छात्रभन्दा छात्राको संख्या बढी देखिएको छ । सो परीक्षामा छात्रातर्पm ५ हजार ३ सय ८१ छन् भने छात्रतर्पm ५ हजार २ सय १५ रहेको जिल्ला शिक्षा कार्यालय कास्कीका परीक्षा शाखा प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिए । जिल्लाबाट १ सय २९ जना छात्रछात्रा अयोग्य ठहरिएकाले यो वर्षको एसएससी परीक्षामा सामेल हुन नपाउने पनि कार्यालयले जनाएको छ ।

वर्षमा ७० प्रतिशत हाजिरी नपुग्नु, बीचैमा कक्षा छोड्नु र बसाइँसराइका कारण ती विद्यार्थी परीक्षा दिनबाट अयोग्य ठहरिएको परीक्षाशाखा प्रमुख पोखरेलले बताए । परीक्षामा नियमिततर्पm १० हजार ४ सय ६७, एक्जाम्टेडतर्पm १ हजार २ सय ३, बालसुधार गृहतर्पm १२, प्राविधिकतर्पm ५५ र कारागारबाट ३ जना छात्रछात्रा सामेल हुन पाउनेछन् ।

त्यस्तै, सो परीक्षामा १२ सुस्तःश्रवण (बहिरा) र ११ जना दृष्टिविहीन छात्रछात्राले पनि परीक्षा दिनेछन् । १ सय ६१ संस्थागत र १ सय १६ सामुदायिक विद्यालयका छात्रछात्रा सम्मिलित हुने सो परीक्षाका लागि जिल्लाका २ नगरपालिका र ३२ गाविसमा ३० वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा सञ्चालनका लागि ३० केन्द्राध्यक्ष, ५५ सहायक केन्द्राध्यक्ष र ५ सय ६५ जना निरीक्षकको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । एसएलसी परीक्षाका लागि सबै प्रश्नपत्र प्रहरी कार्यालय र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पु¥याइसकिएको कार्यालयका शाखा अधिकृत खेमराज पौडेलले जानकारी दिए ।

सेनिटरी प्याडको व्यवस्था
यसैबीच, एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि पर्वत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ । परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ ।

परीक्षा हाताभित्रै महिनावारी भए पनि परीक्षा नरोकियोस् र तुरुन्त शौचालय गएर सफा गर्ने र सेनिटरी प्याडको प्रयोग गरी पुनः परीक्षामै सहभागी होऊन् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिए ।

परीक्षा केन्द्र छात्रामैत्री बनाउनका लागि पनि उक्त वस्तु प्रदान गरिएको हो । हरेक केन्द्रमा पुग्ने गरी ९७ प्याकेट प्याड र साबुन जिल्ला शिक्षा अधिकारी रमेश पौडेललाई इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले मंगलबार हस्तान्तरण गरेका हुन् ।

शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपांगमैत्री बनाइएको पनि जनाएको छ । महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुन पानीसहितको पक्की शौचालय, उमेर अनुसारका फर्निचरको व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताए । त्यससंँगै अपांगताको प्रकृति हेरी त्यस्ता परीक्षार्थीलाई छुट्टै व्यवस्था मिलाइएको उनले बताए । यसवर्ष पर्वतबाट एसएलसी परीक्षामा ४ हजार ३ सय परीक्षार्थी सहभागी हुने भएका छन् ।

प्रतिक्रिया