साहित्यिक क्षेत्रमा महिला अग्रसरता जरुरी – मन्त्री मानवी

manabiकाठमाडौँ, १७ चैत । पशुपछी विकासमन्त्री शान्ता मानवीले मुलुकको नेतृत्वदायी स्थानमा महिलालाई पु¥याउन साहित्यमार्फत दबाब सिर्जना गर्नुपर्ने बताएकी छन् । प्रगतिशील महिला लेखक संघको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री मानवीले साहित्यिक क्षेत्रमा पनि महिलाको संख्यात्मक वृद्धि हुनुपर्ने बताए ।

उनले आगामी ३ वर्षभित्र नेपाललाई मासुजन्य खाद्यवस्तु, अन्डा र दूधमा आत्मनिर्भर बनाउने प्रतबद्धता मन्त्रालयले गरिसकेको जनाउँदै त्यस अभियानमा सघाउन लेखकहरूलाई आग्रह गरे । एमालेका सांसद तथा साहित्यकार गौरा प्रसाईंले आफूले राजनीतिमा लाग्दाको तत्कालीन अवस्था र राज्यले हेर्ने दृष्टिकोणबारे चर्चा गर्दै महिला स्वयं जुझारु नभएसम्म आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताए ।

संघका अध्यक्ष यशोदा अधिकारीले महिलाले लेखनमार्फत कुनै समस्याको उजागर गर्ने मात्र नभई समाधानका उपाय पनि देखाउन सक्नुपर्ने बताए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार बाबा बस्नेत, र डा. फणिन्द्र निरौलाले लेखनका क्षेत्रमा महिलाहरू अग्रसर गराउन संघले सफलता प्राप्त गरोस् भनी शुभकामना दिए ।

प्रतिक्रिया