‘ड्रेसकोड’ पानला नगर्ने कर्मचारीलाई ‘नो इन्ट्री’

k|d'v k|zf;lgs s]Gb| l;xb/jf/sf] k|j]zåf/df lghfdlt sd{rf/Ln] clgjfo{?kdf nufpg' kg{] cfrf/;+lxtfn] lgwf{/0f u/]sf] kf]zfs nufP÷gnufPsf] cg'udg ub{}, ;fdfGo k|zf;g dGqfnosf pk;lrjsf] g]t[Tjdf vl6Psf] 6f]nL . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

काठमाडौं, १४ चैत । सामान्य प्रशासन मन्त्रालयले सिंहदरबारभित्र कार्यरत सबै निजामती कर्मचारीलाई अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने प्रावधान कार्यान्वयनलाई कडा तुल्याएको छ ।

मन्त्रालयले कार्यालय प्रवेशका समयमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका ३ वटै द्वारमा निजामती कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक लगाउनुपर्ने आचारसंहिता पालन भए नभएको अनुगमन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ ।

निजामती कर्मचारीलाई सरकारले पोसाकवापत वार्षिक रूपमा ७ हजार ५ सय भत्ता दिँदै आएको छ । संसद्, सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था कार्यालयमा कार्यरत ८० प्रतिशत कर्मचारीले तोकिएको पोसाक नलगाउने गरेको पाइएको सामान्य प्रशासनमन्त्री रेखा शर्मा जानकारी दिइन् ।

खासगरी सेवाग्राहीको भिडभाड हुने कार्यालयका कर्मचारीले तोकिएको पोसाक लगाएर नआउँदा बिचौलिया र कर्मचारीको पहिचान हुन कठिनाइ हुने गरेकोे बताउँदै सचिव टंकमणि शर्माले निजामती सेवामा रहेका कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही बनाउन पोसाक अनुगमन सुरु गरिएको जानकारी दिए । पछिल्लोपटक मन्त्रालयले २ दिन गरेको अनुगमनका क्रममा तोकिएको पोसाक लगाएर नआएका करिब ५ सय ४५ जनालाई सिंहदरबारको प्रवेशद्वारबाटै फर्काइएको छ ।

मन्त्रालयले अनुगमनका लागि ३ वटै प्रवेशद्वारमा बिहान साढेदेखि ११ बजेसम्म कर्मचारी खटाएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रवीन्द्र मानन्धरले जानकारी दिए । सेवाग्राही आउँदा ‘को राष्ट्रसेवक कर्मचारी, को बाहिरको व्यक्ति’ भन्ने अन्योलका साथै तोकिएको पोसाक नलगाउने प्रवृत्ति बढ्दै गएकाले सिंहदरबारबाटै सुशासनमा योगदान पुगोस् भनेर पोसाक अनुगमन प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ ।

पोसाकको अनुगमनसँगै कर्मचारी कार्यालय समयमै उपस्थित नहुने प्रवृत्ति पनि अन्त्य हुने मन्त्रालयको भनाइ छ । अनुगमनका क्रममा अस्थायी कर्मचारीलाई पोसाक अनिवार्य नभएको हुनाले कतिपय स्थायी कर्मचारीले ‘म अस्थायी हुँ’ भन्दै प्रवेश गर्ने प्रयास गरेपछि अनुगमन टोलीले त्यस्तो कर्मचारीलाई थप केरकारसहित विस्तृत विवरण राख्न थालेको छ ।

प्रतिक्रिया