जहाँ रमाए राजकुमार

/fhs'df/ Xof/L af3sf] rfn cg';/0f ub}{ a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmddf ;f]daf/ alb{of /fli6«o lgs'~hdf /x]sf] 6fOu/ 6ofksf] Sofd/fdf af3sf] rfndf lxF8b}  . tl:a/ M k|bLk/fh jGt,/f;;

बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड सोमबार बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका थिए । बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारी गँैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गरे । त्यसपछि झन्डै आधाघन्टा जंगलमा पैदलयात्रा गरे ।

a]nfotL /fhs'df/ Xof/L–hnofqf  alb{of /fli6«o lgs'~h eP/ aUg] vf}/f vf]nfdf ;f]daf/ hnofqf ug'{x'Fb} a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ. tl:a/ M k|bLk/fh jGt,/f;;राजकुमार ह्यारी पैदल जंगल अवलोकन गरेको कार्यलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो । आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उनी खुसीले दंग भए । सन् ९० को दशकबाट सुरु भएको बाघ ट्र्यापिङ प्रणाली सन् २००० बाट पूर्णरूपमा कार्यान्वयनमा आएको थियो । ट्र्यापिङका लागि ३ सय क्यामरा राखिएका छन् ।

हिजोअस्ति वन्यजन्तुको गतिविधिको निगरानी गर्ने क्यामराले आज भने मानवीय गतिविधिको ट्र्याप ग¥यो । बेलायती राजकुमार ह्यारीले सम्भवतः जीवनको पहिलोपटक नै बाघ हिँडेको जस्तो हिँडाइ गरी त्यो ट्र्यापिङ कार्यबारे जानकारी पनि लिए । बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्यापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।

a]nfotL /fhs'df/ Xof/L alb{of /fli6«o lgs'~h cjnf]sg ug'{x'Fb} a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmddf ;f]daf/ alb{of /fli6«o lgs'~hsf] cjnf]sg ub}{  . tl:a/ M k|bLk/fh jGt,/f;;

जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गरेका थिए । हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए ।

राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिए । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गँैडा, बाघ र २ सय ५० प्रजातिका चराचुरुंगी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।

विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवं प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् । निकुञ्जका विभिन्न ४ ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए ।

हात्तीको शरीरमा वेलकम टु ह्यारी इन नेपाल भनेर लेखिएको थियो । बाघको ट्र्यापिङसम्बन्धी जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू घरवास (होमस्टे)को समेत निकै चाखपूर्वक अवलोकन गरे । थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो ।

/fhs'df/ Xof/L–6fOu/ 6ofk cjnf]sg a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ ;f]daf/ alb{of /fli6«o lgs'~hdf /x]sf] 6fOu/ 6ofk cjnf]sg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;

पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा ५ दिने भ्रमणका सिलसिलामा ६ चैतमा नेपाल आएका थिए ।

राजधानीमा व्यस्त कार्यक्रमबीच राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका राजकुमार ह्यारी नेपाल सरकारका तर्फबाट आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । उनले भक्तपुर र पाटनका ऐतिहासिक, पुरातात्विक महत्वका भूकम्पले क्षति पु¥याएको क्षेत्रको भ्रमण गरी त्यहाँ भइरहेको पुनर्निर्माणका कार्यबारे जानकारी लिए ।

a]nfotL /fhs'df/ Xof/L–hnofqf  alb{of /fli6«o lgs'~h eP/ aUg] vf}/f vf]nfdf ;f]daf/ hnofqf ug'{x'Fb} a]nfotL /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8 …Xof/LÚ. tl:a/ M k|bLk/fh jGt,/f;;

सोमबार र मंगलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनेछन् । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानेछन् । उनले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नेछन् । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने यहाँस्थित बेलायती दूतावासले जनाएको छ ।

प्रतिक्रिया