अवैध काठ पक्राउ

kavre_kathकाभ्रे । अवैध रूपमा ल्याइएको खोटेसल्ला जातको गोलिया काठ प्रहरीले जिल्ला वन कार्यालय काभ्रेलाई बुझाएको छ । ५ फागुनमा पाँचखालबाट खटिएको प्रहरी टोलीले अरनिको ज्याम्दीबाट धुलिखेल गइरहेकोे बा ३ ख ४०६७ नं. को मिनी ट्रक चेक जाँदा गर्दा सो काठ फेला परेको हो । सम्बन्धित कार्यालयको इजाजत पत्र एवं टाँचासमेत नलगाई लुकाइछिपाई ल्याएकाले सो काठ जिल्ला वन कार्यालयलाई बुझाइएको हो ।

मिनी ट्रक, बरामदी गोलिया काठ थान ५५ र काठ धनी ज्याम्दी–३ बस्ने वर्ष ३२ का रमेशप्रसाद पराजुली र मिनीट्रक चालक कृष्ण पराजुली समेतलाई थप अनुसन्धान कारवाहीको लागी जिल्ला वन कार्याल धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । (सौस)

प्रतिक्रिया