प्रहरीको अगुवाईमा फिदिममा सरसफाई

pachthar sarsafaiपाँचथर, ६ चैत । पाँचथर सदरमुकामको फिदिम नगरपालिकामा सरसफाई अभियान तीव्र रुपमा हुन थालेको छ । सरसफाई अभियानको क्रममा चौथो दिन शनिबार नेपाली सेनाका बेसक्याम्प हुँदै देवकोटा चौकसम्म सडकको दुवैतर्फका ढल तथा नाला सरसफाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरको अग्रसरतामा तथा फिदिम नगरपालिकाको सहयोगमा अभियान सुरु गरिएको हो । सरसफाईमा विभिन्न संघसंस्थाहरु, सर्वसाधारणको सहभागिता रहेको छ । सो अभियानअन्र्तगत हरेक शनिबार फिदिम नगर क्षेत्रमा बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरिँदै आइएको छ ।

सरसफाई अभियान १५ फागुनमा सुरु गरिएको हो । फिदिम नगरलाई स्वच्छ र सुन्दर बनाई राख्नका लागि फिदिम नगरपालिकाको सहयोगमा रोड मात्र नभएर ढल तथा नाला पनि सफा गर्ने उद्देश्यले साप्ताहिक सरसफाई अभियान सुरु गरिएको आयोजकले जनाएको छ ।

अभियानमा नगरभित्रका ठाउँहरुमा पालैपालो छनौट गरी सोही स्थानका स्थानीयहरुलाइ सहभागी गराई सरसफाई गरिने भएको छ । सरसफाई अभियानमा सर्वसाधारण गरी ४० जनाको सहभागिता रहेको अभियन्ताले जनाएका छन् ।

प्रतिक्रिया