भवन उद्घाटनमा तामझाम

kavre bhawan copyकाभ्रे, ५ चैत । एकाएक एउटा टोली काभ्रेको व्यस्त सदरमुकाम धुलिखेल नगरपालिकाको चोक हुँदै बाजागाजासहिद जाँदै थिए मान्छेहरू हेर्दै थिए । धेरैको अनुमान थियो, सायद कसैको विवाह हुँदै छ । दृश्य पनि त्यस्तै थियो । तर, घटना थियो, एउटा भवनको उद्घाटन । बाजागाजासहित आएका टोलीमा निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष सरदकुमार गौचनलगायत सयाँैको उपस्थितिमा काभ्रे जिल्लाको निर्माण व्यवसायी संघको भवन उद्घाटन भएको थियो ।

साथै, नेपाल निर्माण व्यवसायी संघ काभ्रेको सातौँ साधारणसभा सम्पन्न भएको छ । धुलिखेलमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न जिल्लाका अध्यक्ष र निर्माण व्यवसायीहरूद्वारा गरिएको कार्यक्रममा सभापति चन्द्र लामा, प्रमुखअतिथी नेपाल निर्माण व्यवसायीका अध्यक्ष सरदकुमार गौचन रहेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष चन्द्र लामाले संख्यात्मकभन्दा पनि गुणात्मक विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका थिए ।

यस्तै काभ्रे जिल्लाको संघको भवन उद्घाटन गर्न काभ्रे आइपुगेका गौचनले निर्माण व्यवसायीहरूले नेपालको विकास निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा जस्तोसुकै कठोर संघर्षका काम पनि गर्ने अपिल गरेका छन् । काभ्रे निर्माण व्यवसायीले गरेको वार्षिक प्रगति प्रतिवेदन जितराम लामाले गरेका थिए । कोषाध्यक्ष चेतप्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार वार्षिक आम्दानी ३६ करोड ६७ लाख ८ हजार ७ सय रूपैयाँ रहेको छ भने खर्च १२ करोड ६७ लाख ८५ हजार २ सय रहेको छ ।

प्रतिक्रिया