नीलो आकास

junta bin copy
पूmलको गुच्छाले
हान्दा
दुख्ने भएसी
झरेकी थिएँ, आकासको छानाबाट
समुद्र सिरानी बनाई
निद पु¥याउन !

समुन्द्रतटमा तिमीले
सम्झनाको बिस्कुन लाउँदा
मेरो मौनतालाई
अँगालेनौ कि ?
र त म बोलिरहन्थे
निरुद्देश्य
छालहरूसँग
व्यंग्य गर्दै तिमीलाई
जमिनहरूसँगको नजानिँदो
तिम्रो दोस्ती
म रोक्न सक्दिनँ
तिमी लैजाऊ जमीनका चोइटा
र बलेसी बनाऊ

म कसरि आऊँ
जमिनमा
तिम्रो ध्यान भंग गर्न
दृष्टिगोचर हुनेछ यथार्थरूपी
त्यो नीलो आकास
आकाससँग परास्त
तिमी म देख्न चाहन्नँ ।

प्रतिक्रिया