आङ खस्ने समस्यासम्बन्धी शिविर

काभ्रे । पछिल्लो समय ग्रामीण भेगका महिलाहरूमा पाठेघर खस्ने समस्या चुलिएसँगै काभ्रेमा विभिन्न ठाउँमा विभिन्न सहयोगी संस्थहरूले निःशुल्क सिवीरहरू राखेर महिलाहरूलाई स्वास्थमा जागरुग बनाउन थालेका छन् । आफ्नो स्वास्थमा खुलेर बोल्न नसक्ने महिलालाई घरघरै गएर बोलाएर समस्याबारे जानकारी लिँदै यस्तो सुविधाजनक शिवीर काभ्रेमा पहिलोपटक गरिएको छ ।

नेपाल मगर संघ काभ्रे जिल्ला समितिको आयोजना र नवज्योती केन्द्र काठमाडौंको सहयोग र सिर मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा जिल्लाको विकट क्षेत्र कोशीपारीको कोशीदेखा गाविसमा यस्तो सिवीरको आयोजना गरीएको हो । २६ गते सम्पन्न भएको सो गाविसमा १ सय ४९ महिलाको स्वास्थ परीक्षण गरिएको छ भने पाठेघरको सल्यक्रिया नै गरेर उपचार गर्नुपर्नेको संख्या १७ रहेको छ ।

उनीहरूलाई १ चैतमा बनेपामा निशुल्क सल्यक्रिया गरी उपचार गरीने अस्पतालका प्रसासन प्रमुख सुन्दर थापाले जानकारी दिएका छन् । यसरी नै काभ्रेको अरू गाविसहरू खरेलथोक ,र डाँडापारीका गाविसमा पनि सो सिवीर राखीने बताईएको छ । (सौस)

प्रतिक्रिया