पर्यटन प्रर्बद्धनका लागि एमाले टोली पूर्वमा

पाँचथर, २७ फागुन । एमालेको मेची अञ्चल कमिटीको आयोजनामा मेचीको पर्यटन प्रर्वद्धनका लागि पूर्वको मेचीमा एमालेको जम्बूू टोली तातेको छ । बुधबार प्रेस चौतारी पाँचथरले पत्रकार सम्मेलन आयोजना गरी टोलीबारे जानकारी  गराएको हो ।

पर्यटन विकासका लागि गरिएको भ्रमणको उद्देश्य झापाको सुखानी पार्कदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्मको पर्यटकीय स्थानहरूको भ्रमण गर्ने रहेको भ्रमण टोलीका संयोजक एवं एमाले केन्द्रिय सदस्य डम्बरसिंह सम्वाहाम्फेले जानकारी दिए ।

कार्यक्रम झापा, इलाम, पाँचथर र ताप्लेजुङको एक हप्ताको भ्रमण तालिका रहेको र सो अवधिमा विभिन्न पर्यटकीय क्षेत्रमा टोली स्थलगत अध्ययन तथा अवलोकन गर्ने एमाले पाँचथरले जनाएको छ ।

कार्यक्रममा एमालेका ७५ वटै जिल्ला अध्यक्ष, अञ्चल इन्चार्ज, केन्द्रिय कमिटीका पदाधीकारीसहित १ सय ५० जनाको जम्बो टोली रहेको संयोजक सम्वाहाम्फेले जानकारी दए । कार्यक्रम इलाम हुँदै पाँचथरमा ३० फागुनमा आइपुग्ने र पाँचथरको सिलौटी, लब्रेकुटी सम्हात्लुङ, जोरपोखरी, आगेजुङ गुम्वा, थर्पु गाविसको निसान, नौमौले ऐतिहासिक हिलिहाङ दरवार हुँदै १ चैत्रको साँझ ताप्लेजुङ प्रस्थान गर्ने पाँचथर एमालेले जनाएको छ ।

अभियानमा फिदिममा जातीय झाँकी प्रस्तुत गर्नुका साथै एमालेका प्रभावशाली नेता तथा संसदीय दलका उपनेता एवं पूर्वसभामूख सुवास नेम्वाङले पाँचथरमा १ चैतमा सम्वोधन गर्ने छन् ।

प्रतिक्रिया