मगर भाषाको ‘रैया’ प्रदर्शन

raya1 copyकाभ्रे, २७ फागुन । नेपाल मगर संघ काभ्रेले आफ्नो भाषामा ‘रैया’ नामक चलचित्र बनाएर बिशेष प्रदर्शनी बनेपामा रहेको जनजाति भवन बुडोलमा प्रदर्शन गरेको छ । मगर संघ केन्द्रीय सदस्यसमेत रहेकी साबित्री मगरको प्रमुख आतिथ्यतामा प्रदर्शन गरिएको चलचित्रमा मगर जातिले नेपालको इतिहासदेखि हालसम्म खेल्दै आएको भूमिकालाई मुख्य कथाबस्तु बनाइए निर्माण पक्षले जानकारी दिएको छ ।

संघकी उपाध्यक्ष गिता राना मगर सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका विभिन्न ठाँउबाट मगर समुदायका व्यक्तिहरू सो चलचित्रमा हेर्न आएका थिए । चलचित्रको निर्माण हर्क आलेमगरले गरेका हुन् । चलचित्रमा अशोक आलेमगर, जीवन आलेमगर, सरीता पुलामी मगर, दवलाल स्माली मगर, बबाल सरु मगर, धनराज थापामगरलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शनपछि राजकुमार थापाले मगर जातिले पु¥याएको येगदानको चर्चा गर्दै आगामी दिनमा आफ्नो जातीको उत्थानको लागि यस्ता संस्कृति जोगाई राख्न सबै मगरलाई अपिलसमेत गरे । कार्यक्रममा जिल्लामा रहेका मगर जातिका कलाकारहरूलाई सम्मानसमेत गरिएको थियो काभ्रेमा रहेका खेलाडी र साहित्य क्षेत्रमा योगदान पु¥याउने मगरहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया