शान्ति प्रक्रियामा आउन राष्ट्रपतिको आग्रह

KABUL, AFGHANISTAN - SEPTEMBER 26:  Afghanistan's President-elect Ashraf Ghani Ahmadzai (center) prays with Independent Electoral Commission (IEC) Ahmad Yousuf Nuristani (R) during a ceremony at the Independent Electoral Commission (IEC) compound in Kabul, Afghanistan on September 26, 2014. (Photo by Parwiz Sabawoon/Anadolu Agency/Getty Images)

काबुल, २३ फागुन । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीेले हिंसाको अन्त्यगरी शान्ति प्रक्रियामा लाग्न तालिवानहरूलाई आग्रह गरेका छन् । अफगानिस्तानका राष्ट्रपति घानीले तालिवानहरूलाई शान्तिका लागि पहल गर्न र देशले गरिरहेको शान्तिको अभियानमा समर्थन गर्न आग्रह गरेको जनाइएको छ ।

अफगानिस्तानको संसद्लाई संवोधन गर्दै उनले भने, ‘शान्तिको लागि सबैको पहल आवश्यक छ र अफगानिस्तानमा शान्ति स्थापना गर्नसके त्यसले तालिवानसहित सबै अफगानहरूका लागि राम्रो हुनेछ ।’ राष्ट्रपति घानीले भने, ‘अफगानिस्तानमा शान्तिका लागि धेरै नागरिक भौतारिइरहेका छन् र उनीहरूको यो अपेक्षा पूरा गर्नु नै सबैको हितमा हुनेछ ।’

मैले तालिवानहरूलाई शान्तिका लागि अपिल गरेको छु र उनीहरूले सबै समस्याको समाधान वार्ताको टेबलमा बसेर गर्नु नै सबैको हितमा हुनेछ । उनले आइएस तथा अन्य आतंकवादी समूहले पनि अफगानिस्तानमा हिंसा मच्चाउने गरेको भन्दै यसको पछि लागेर नहिँड्न र आपूmलाई तालिवान नागरिकका रूपमा प्रमाणित गर्न तालिवानलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘अफगानिस्तानमा अरू जु्नसुकै अतिवादीहरूले हिंसा मच्चाउने गरेको भए पनि अबका दिनमा तालिवानहरूले तालिवान नागरिकसँगको निकटता देखाउनु आवश्यक छ ।’ पाकिस्तान, अफगानिस्तान, चीन र अमेरिकाले गएको २३ फेब्रुअरीमा भेटवार्ता गरेका थिए । उनीहरूले यस भेटवार्ताका क्रममा अफगानिस्तानमा शान्ति स्थापनाका लागि पहल थाल्ने जनाएका हुन् ।

के अफगानिस्तानमा पनि शान्तिवार्ताका माध्यमबाट शान्ति आवश्यक छ भनी सुरु गरिएको यस अभियानमा हालसम्मकै भरपर्दाे प्रयास थाल्ने प्रयास थालेका बताइएको छ । सोही शान्ति प्रक्रियामा सहयोग गर्न र ती ४ देशको अभियानमा तालिवानहरूले पनि सहयोग पु¥याउने अपेक्षा अफगान जनताले गरेका राष्ट्रपति घानीले जानकारी दिएका हुन् ।

अफगानिस्तानका दुवै संसद्को बैठकलाई आइतबार सम्बोधन गर्दै उनले अफगानिस्तानमा पनि शान्तिको स्थापना आवश्यक छ र यहाँ पनि शान्ति स्थापना गर्न सकिन्छ भनेर लाग्न तालिवानहरूलाई आग्रह गरे । अफगानिस्तानमा यसअघि पनि पटकपटक गरिएका शान्तिवार्ताका प्रयासहरू सफल हुन सकेका छैनन् ।

१५ तालिवान मारिए
अफगानिस्तानमा तालिवान सशस्त्र विद्रोहीविरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरूपमा गरेको कारबाहीमा परी कम्तीमा पनि १५ तालिवान लडाकू मारिएका छन् । अफगान गृह मन्त्रालयद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको छ । सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानमा जारी तालिवानसँगको द्वन्द्वमा रणभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेपश्चात् अफगान सुरक्षाबलले नै तालिवानविरुद्ध कारबाही गर्दै आएको छ ।

अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतंककारीहरू मारिएका बताइएको छ । यस कारबाहीको क्रममा सरकारबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ ।

प्रतिक्रिया