अनमोलले बलिउड अभिनेत्री प्रियंकालाई समेत हटाए

Anmol-vs-priyanka copyकाठमाडौं, २१ फागुन । देशभरका ८० वटा हलमा रिलिज भएको फिल्म ‘ड्रिम्स’ले बलीउड नायीका प्रिंयका चोपडाको फिल्मलाई समेत विस्थापित गरेको छ । उदाउँदा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको र अभिनेता भूवन केसीले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ले बलिउड फिल्म ‘जय गंगाजल’लाई हलबाट निकालेको हो ।

काठमडौको गोपिकृष्ण हलको बिहानी शोमा अनमोलको यो फिल्म ४ वटा हलमा हाउसफूल भयो भने बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित फिल्म ‘जय गंगाजल’को शो नै भएन । यो फिल्म हेर्न हलमा दर्शक नगएपछि ‘ड्रिम्स’ एकलौटी चल्यो ।

यो बाहेक देशभरका ८० वटै हलमा फिल्मको व्यापार विहानैदेखि आक्रामक छ । मल्टिप्लेक्समा शुक्रबार २ बजेपछि दर्शकको चाप बढी हुन्छ । सिंगल थिएटरमा देशभर फिल्म हाउसफूल गएको वुझिएको छ ।

प्रतिक्रिया