पाँचथरमा फोटो पत्रकारीता तालीम सम्पन्न

12512261_822468934542287_139512236499904411_n - Copyपाँचथर २२ फागून । नेपाल पत्रकार महासंघ पाँचथरले आयोजनामा तिनदिने फोटो पत्रकारीता तालिम शूक्रबार सम्पन्न भएको छ । तालिमको सहजीकरण फोटो पत्रकार समाजका पूर्व अध्यक्ष बिकास रौनियार ले सहजीकरण गरेका थिए ।

पाँचथरमा फोटो तालिम लिएर तस्वीर खिच्ने संचारकर्मीहरुको बिकासका लागी तालिम गराएको आयोजकले जनाएको छ । फोटो पत्रकारीता तालिम फिदिम नगरपालीकाको आर्थिक सहयोगमा गरीएको साखा सचिव गिरिराज बाँस्कोटाले जनाए । तालिममा ताप्लेजुङ बाटपनी सहभागी रहेका थिए । पाँचथरमा २० जनासहभागीले क्यामेरा सहित तालिम लिएका छन ।

फोटो पत्रकार रौनियारले बिभिन्न पोजका बिभिन्न बिषय फरकका पाँच पीस तस्वीर खिचेर ल्याउन प्रयोगात्मक गराएका थिए । प्रयोगगात्मक खिचिएका फोटोहरु सिकाइमा खिचिएको पोजमा कमी कमजोरी टेक्नीकल कुराहरु सहजीकरण गरिएको थियो ।

सहभागीहरुले क्वालिटी यूक्त फोटो खिच्न सकिने बताएका छन । समापनमा प्रमूख अतीथी नगरपालिका अधिकृत काजीमान राईले प्रमाण पत्र सहभागीलाई बितरण गरेका थिए । पत्रकारमहासंघ पाँचथर ले जिल्लाका संन्चारकर्मीहरुको क्षमता अभिबृद्धिका लागी फोटो पत्रकारीता तालिम धेरै बर्ष पछि पहिलो पल्ट तालिम दिलाएको हो ।

प्रतिक्रिया