उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रहार

north korea misaliजेनेभा । संयुक्त राष्ट्रसंघले उत्तरकोरियाविरुद्ध कडा नाकाबन्दी घोषणापछि उत्तरकोरियाले यसको प्रतिक्रियामा छोटो दुरीको विभिन्न ६ वटा क्षेप्यास्त्र सामुद्री इलाकामा हानेको छ । संयुक्त राष्ट्रसंघले विश्व समुदायको अनुरोधमा प्योङयाङविरुद्ध बिहीबारदेखि नाकाबन्दी लगाएको हो । उत्तर कोरियाले चौथो आणविक परीक्षण र लगातारका रकेट प्रक्षेपण परीक्षण गरेपछि राष्ट्रसंघबाट नाकाबन्दी लगाइएको हो ।

संयुक्त राष्ट्रसंघले प्योङयाङका लगातारका यस्ता व्यवहारबाट विश्व सुरक्षास्थितिमा खलल पर्ने भन्दै यसअघि आफ्नो व्यवहारमा सुधार ल्याउन लगातार आग्रह गर्दै आए पनि उत्तरकोरियाले ती आग्रहको बेवास्ता गरेको र बाध्यकारी अवस्थामा नाकाबन्दीको घोषणा गरिएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्योङयाङद्वारा प्रहार गरिएको ती क्षेप्यास्त्र १ सयदेखि १ सय ५० किलोमिटर टाढास्थित पूर्वमा अवस्थित सामुद्रिक इलाकामा खसेको जनाइएको छ ।

प्योङयाङद्वारा छोटो दुरीका यी क्षेप्यास्त्र प्रहार संयुक्त राष्ट्रसंघले सर्वसम्पत्तिमा उत्तरकोरियाविरुद्ध नाकाबन्दी लगाउनुपर्ने प्रस्ताव सर्वसम्मत रूपमा बुधबार राती पास गरेपछि उक्त घोषणा गरेको हो । संयुक्त राज्य अमेरिका र चीनबीचको ७ हप्ता लामो वार्तापछि राष्ट्रसंघमा प्रस्तावित उत्तरकोरियाविरुद्धको नाकाबन्दी सर्वसम्मत भएको हो । चीनलाई उत्तर कोरियाको नजिकको सहयोगीका रूपमा हेरिँदै आएको छ ।

नाकाबन्दी प्रस्तावपछि यसलाई कार्यान्वयनमा ल्याउन चीन र रसियाले के सहयोग गर्ने छन् त भन्ने विषयमा विश्व समुदायले उत्सुकताका साथ हेर्नेछ । नाकाबन्दी प्रस्ताव पारित भएपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युनहेले जटिल मानिएको यस नाकाबन्दीले उत्तरकोरियालाई आणविक हतियार कार्यक्रम त्याग्न दबाब दिनेमा विश्वास गरेका छन् । पार्क भन्छन्, ‘नाकाबन्दीको संकल्प प्रस्तावले विश्व समुदायमा कोरियाली प्रायद्वीपमा शान्तिका लागि एउटा बलियो सन्देश दिएको छ ।’ त्यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आवेले प्योङयाङलाई सबै किसिमका आणविक कार्यक्रमलाई त्याग्न अनुरोध गर्दै उत्तरजनामा कुनै अप्रिय निर्णय नलिन अनुरोध गरेका छन् । जापानी प्रधानमन्त्री आवे नाकाबन्दी प्रस्ताव कार्यान्वयनमा ल्याउन चीनले विशेष चासो दिनेमा विश्वास लिएका छन् । (एजेन्सी)

प्रतिक्रिया