कांग्रेस महाधिवेशन : भारतीय नेताद्वारा नाकाबन्दीको विरोध

g]sfsf] !#cf}F dxflwj]zg pb3f6g  	 g]kfnL sfFu|];sf] P]ltxfl;s !#cfF} dxflwj]zg sf7df8f}Fsf] v'Nnfd~rdf laxLaf/ cfof]lht ;d'b3f6g ;df/f]xsf ;xefuLx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २० फागुन । कांग्रेसको १३औँ महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपालमाथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् ।

भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनताले कठिनाइ र यातानाबाट गुज्रिनुपरेकोमा दुःख व्यक्त गरे । उनले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आपूm दुःखित भएको बताउँदै नेपाली जनतासँग क्षमा मागेका थिए । उनले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको धारणा राखेका थिए । भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गरेका थिए ।

भारत विहारका मुख्यमन्त्री नीतिशकुमारले केही समयअघि निधन भएका कांग्रेसका नेता सुशील कोइरालासँग विहारको जेलमा भेट भएको, पञ्चायतकालमा बिपी कोइरालालाई नेपाल फर्कंदा बिदाइ गरेकोजस्ता घटनाको स्मरण गर्दै कांग्रेस पार्टी र यसका नेतासँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले नेपाल आफ्नो समस्या समाधान गर्न आफैँ सक्षम रहेको विश्वास व्यक्त गर्दै नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको जनाए । नेपालमा एउटा पार्टीको महाधिवेशनमा अरू सबै पार्टीका शीर्ष नेताको सहभागिता हुने अद्भूत वातावरण आफूले देखेको भन्दै नीतिशकुमारले यो संस्कृतिलाई निरन्तता दिन आग्रह गरेका थिए ।

भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले आफू ६ वर्षअघि पनि कांग्रेसको १२औँ महाधिवेशनमा आएको स्मरण गर्दै त्यसबेला नेपालले छिटो संविधान पाओस् भनी दिएको शुभेच्छा अहिले आउँदा पूरा भएको देख्न पाएको बताए । उनले बुद्धको जन्मथलो र सगरमाथाको देश नेपाललले पूरै विश्वलाई फेरि ज्ञान र विज्ञान दिने विश्वास व्यक्त गरे । आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टीका अध्यक्ष अमित साहले महाधिवेशन सफलताको शुभकामनाका लागि आफूसँग सन्देश पठाएको उनले जानकारी दिए ।

बंगलादेशका सूचनामन्त्री हसनुल हक इनुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै व्यापार, यातायातको विस्तार र विद्युत् विकासको क्षेत्रमा आफ्नो मुलुकले नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपालले संविधान लेखनलाई सफलतामा पु¥याउन तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले खेलेको भूमिकाको प्रशंसा गरे ।

भारतीय राष्ट्रिय कांग्रेसका महासचिव बिके हरिप्रसादले बलियो एजेन्डा र विचारको विकास गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गरे । इन्टरनेसनल रिलेसन कम्बोडियाका अध्यक्ष युसुनची, भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले कांग्रेसको महाधिवेशन नेपालको लागि मात्रै नभई दक्षिण एसियाकै लागी महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया