काठमाडौं । कुनै पनि साहित्यिक पात्र कति चर्चित हो भन्ने कुरा छुट्याउनु कठिन काम हो । यो वस्तुवादी विषय होइन, विषयवादी हो । यसकारण पूर्णरूपमा निष्पक्ष नहुन पनि सक्छ । केही साहित्यिक विश्लेषकले त के पनि भन्ने गरेका छन् भने संसारमा सबै साहित्यिक पात्रभन्दा अझ बढी त ‘चाल्र्स डिकेन’का कल्पनाका प्रमुख ५० पात्र छान्न कठिन हुनेछ । तैपनि, साहित्यिक समीक्षक ‘ग्रेम ओलर’ले ५० जनाको चर्चा गरेका छन् । उनले छनोट गर्दा ‘सेक्सपियर’का पात्रको छनोट गरेका छैनन् । कारण उनले प्रष्ट पारेका छन् कि प्रमुख ५० साहित्यिक पात्रमा ‘सेक्सपियर’का नै ५० पनि हुन सक्नेछन् । उनले ‘बाइबल’का पात्र यसमा समावेश गरेका छैनन् । उनले ‘डा. सिसो’ र ‘डिटो’का बाल साहित्यलाई पनि यो सूचीमा समावेश गरेका छैनन् । त्यसो त उनले यो छनोटको प्राथमिकतामा आफ्नो विगत अनुभूति र आफ्नो धरातलले पनि काम गरेको स्वीकार गरेका छन् । न्युयोर्कमा हुर्किएर त्यही पढेको र बढेको आँखाले गरेको यो चयन धेरैलाई चित्त नबुझ्न सक्ने उनले स्वीकारेका छन् । उनले आफ्नो संस्कृतिले पनि काम गरेको स्वीकारेका छन् ।
५० मा अटाउने पात्रमा समलिंगी ‘मबी डक’ र ‘क्यानन डायल’को सर्लक होम अटाएका छन् । यसैगरी, ‘वाल्कर पर्सी’को जादुमय पात्र ‘बिंक बोलिङ’ पनि यो ५० को सूचीमा अटाए । ‘प्याट्रिक बेटम्यान’ले पप संस्कृतिमा आधारित भएका कारण उनी पनि यो सूचीमा अटाए । ‘इनिगो मानाटाये’ र ‘ज गेट्सबाइ’ पनि चर्चामा रहेका ५० साहित्यिक पात्रको सूचीमा रहेका छन् । ‘मनानो भिन आर्किम बोड्ली’ र ‘माइकल भ्यालेन्टाइन स्मिथ’ पनि साहित्यिक पात्रको सूचीमा रहेका छन् ।
‘द साइलेन्स अफ ल्याम्ब’ फिल्मको रूपमा समेत चर्चित र सफल रह्यो । यसमा रहेका संवादका कारण ‘हेनिबल लेक्चर’ चर्चामा रहेको पात्र हो । ‘डायल’का अर्का पात्र ‘क्राउन्ट ड्राकुला’ र ‘भिक्टर फ्रान्सटाइन’ अर्का त्यत्तिकै चर्चामा रहेका साहित्यिक पात्र हुन् । ‘जोय क्रिसमस’ अर्को साहित्यिक पात्र हो ।
‘फ्रान्सिसको पोज’को ‘ब्लु एन्जल उपन्यास’की पात्र ‘एन्जेला अर्गो’लाई पढ्नेहरू धेरैले सम्झने गर्छन् । समीक्षकहरूले त यसै पात्रका कारण चलचित्र बनाए पनि सफल हुने अनुमान गरेका छन् । ‘टम साइबर’का ‘हक्लेबरी फिन’ले गीत र संस्कृतिमा चासो दिनेहरूका लागि सम्झने नाम हुन सक्छन् । फुटबलरको नाममा रहेको ‘विगर थामेस’ अर्को साहित्यिक पात्र हुन् । यसले खेलकुद र अझ फुटबल मन पराउनेका लागि मन जित्ने नाम बनेको छ । ‘स्पिकर फर द डेड’की प्रमुख पात्र ‘इन्डेर विजिङ’ अर्का चर्चायोग्य पात्र हुन् ।
विलियम गिब्सनका ३ पात्र छन् । उनको कृती ‘न्युरोम्यान्सर’मा रहेका ‘मेरी’, ‘फ्रान्सेस टेसर’ र ‘अस्फुल’ तीनै जना सम्झनलायक नाम बनेका छन् । स्टेफन किङको कृती ‘स्ट्यान्ड’का पात्र रान्डल फ्ल्याग त्यत्तिकै चर्चामा रहेको नाम हो ।
‘क्याच ट्वान्टी टु’ एउटा अनौठो कृती मानिन्छ । यसका हरेक वाक्य हास्यास्पद छन् । यसैका पात्र ‘मिलो माइनडेन्बन्डर’ र ‘मेजर’ यस सूचीमा रहेका छन् । सिन बाउडिनाको कृती ‘द म्यान विथ द गोल्डेन आर्म’का पात्र ‘फ्रान्की मिसिन’ पनि धेरैले सम्झने गर्छन् । ‘भरुका साल्ट’ अर्को चर्चाको नाम हो । डेविड कपरफिल्डको ‘लेडी इन ब्ल्याक’की पात्र ‘युरिया हिप’ अर्की चर्चाकी पात्र हुन् । जेडे सालिंगरको कृती ‘द क्याचर इन द राइ’की प्रमुख पात्र ‘इस्टुकाय भाय’ यो सूचीमा अटाएकी छिन् । ‘ट्रिल्बिकको भेन्गाली’ अर्को चर्चामा रहने साहित्यिक पात्र हो । यो पात्र एसियामा पनि चर्चामा रहने गरेको जनाइन्छ । ‘मानेरो स्टार’ अर्को चर्चाको नाम हो ।
‘फेरी अड प्यारेन्ट्स’ कार्टुनका पात्र ‘अर्दर डिस माडेल’ अर्का चर्चाका पात्र हुन् । ‘जोन डेललीलो’को सबैभन्दा चर्चामा रहेको उपन्यास ‘ग्रेट जोन स्ट्रिट’ हो । यसका पात्र ‘बक्की वन्डरलिक’ यो सूचीमा रहेका छन् । ‘रामोना क्विम्बी’ यो सूचीको अर्को नाम हो । डिफोको पात्र ‘रबिन्सन कुर्सो’ यस सूचीको अर्को नाम हो । ग्रेट एक्सपेक्टेसनकी मिस ह्यान्सिन धेरैले सम्झने साहित्यिक पात्र बनेकी छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया