स्वास्थचौकी गायब हुने खतरा

काभ्रे । नेपाल सरकारले गाविसै पिच्छे स्वास्थचौकी दिने निर्णयले जिल्लामा अस्वभाविक गतिविधि देखिन थालेको छ । गत साउनबाट भएको सबै उपस्वास्थचौकीहरू स्वास्थचौकीमा परिणत हुन थालेसँगै जिल्लाको विभिन्न गाविसका व्यक्तिहरूले स्वास्थचौकी आफ्नो पायकपर्ने स्थानमा राख्न चलखेल सुरु गरेपछि यस्तो समस्या देखापरेको हो ।

जिल्लाको डाँडापारीको ०४९ मा ४ गाविसहरू घर्तिछाप, बनखु, गोकुले, फोक्सिङटारका नागरिकहरूलाई स्वास्थ सेवा पु¥याउने उद्देश्यले चौकी स्थापना भएका थिए । सो चौकी ९ वटै वडाको बीचमा रही सेवा दिनुपर्ने भएपछि सो चौकी ५ नं. वडामा रहनुपर्ने स्थानीयले माग गरेका हुन् । चौकी सार्न थालेपछि स्थानीय आक्रोशित भएका हुन् । ५ नं. वडामा सो स्वास्थचौकीको लागि २ सय ९१ कित्ता नम्बरको जग्गामा भवन समेत बनाइसकेको छ ।

स्थानीयले विरोध गर्न थालेपछि जिल्ला प्रशासन र स्वास्थमा सो चौकी नियम अनुसार सार्न पाऊँ भनी १८ जना स्थानीयको हस्ताक्षरसहितको उजुरी समेत परेको छ । स्थानियले सो चौकी थाहै नदिई सार्न लागेको जनाएका छन् भने यता सरकारको नियम सम्बत पनि सो चौकी सबैको पायकपर्ने स्थानमा भई लाभान्वित हुने किसिमको हुनुपर्ने भएपछि ५ नम्बर क्षेत्र नै उपयुक्त हुने प्रशासनले जनाएको छ । सो विवाद सामाधानको लागि स्थानीयहरूबीच नै समाधान हुनुपर्नेमा प्रशासनको जोड छ । (सौस)

प्रतिक्रिया