काठमाडौं, ११ फागुन । मित्रराष्ट्र भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई नेपाल जुडो संघले नगदसहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।
संघले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कांस्य विजेतालाई २० हजार प्रदान ग¥यो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा फुपू ल्हामु खत्री, रजत प्राप्तगर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । यस्तै कांस्य पदक प्राप्त गर्नेमा सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम रहेका छन् ।
यस्तै प्रशिक्षकद्वय दलबहादुर गुरुङ र इन्द्र डंगोललाई २०÷२० हजार रुपैयाँ र व्यवस्थापक देवु थापा र गंगाबहादुर खड्कालाई १५÷१५ हजार रुपैयाँ प्रदान गरिएको थियो । यसका साथै नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगत तर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई समेत करिब १ लाख ४ हजार बराबरको कार्पेट प्रदान गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलाई मायाको चिनो स्वरूप कार्पेट प्रदान गरिएको थियो ।
सो अवसरमा बोल्दै स्वर्ण पदकधारी फुपूले पदक जितेको क्षण जीवनकै अविस्मरणीय क्षण रहेको भन्दै आगामी दिनमा पनि राष्ट्रको लागि स्वर्ण पदक प्राप्त गर्न लालायित भएको बताइन् । कांस्य पदकधारी रमेश मगरले आपूmले राष्ट्रको लागि स्वर्ण पदक हासिल गर्ने मनोकांक्षा रहँदारहँदै पनि हात पार्न नसकेकोमा खिन्न भएको भन्दै उचित प्रशिक्षण प्राप्त गरेको खण्डमा स्वर्ण पदक प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले सागमा प्राप्त मेडल नेपालका लागि उपहार भएको बताए । उनले स्वर्ण पदकको संख्यालाई हेर्दा कमजोर देखिएता पनि समग्रमा हेर्दा सबै खेलाडीले आफ्नो कौशलतालाई पूर्णरूपमा प्रयोग गरेको र स्वर्णलाई मात्र महत्व दिँदा अन्य खेलाडीलाई अन्याय हुने बताए । हामी आफ्नो तर्फबाट कमजोर नभई अन्य राष्ट्रले खेलकुदमा लगानी बढाएका र महत्व दिएका कारण खेलकुदमा प्रगति गरेकाले हामीभन्दा म अगाडि बढेको बताए । पराजित खेलाडीहरूले पनि आफ्नो तर्फबाट सक्दो मिहिनेत गरेको बताउँदै उनले खेलाडीको मात्र कमजोरी नभई प्रशिक्षक, संघ, परिषद् र राष्ट्रको समेत कमजोरी रहेकोमा उनले जोड दिए ।
प्रतिक्रिया