ब्रिक्स क्याफे पुनः सञ्चालनमा

bricks copyकाठमाडौं, ११ फागुन । भूकम्पपछि बन्द भएको कुपन्डोलस्थित ‘ब्रिक्स क्याफे’ फेरी सञ्चालनमा आएको छ । चर्चित कलाकार हरिवंशका छोरा मोहित आचार्यले ४ वर्षअघि एक शताब्दी पुरानो घरलाई रिनोभेसन गरेर क्याफे खोलेका थिए ।

भूकम्पको झड्काले भवन भत्किएपछि क्याफे बन्द भएको थियो । पुरानो भवन भत्काएर दुरुस्तै पक्की भवन बनाई क्याफे पुनः सञ्चालन गरिएको हो । नयाँ भवनको उचाई भने एक तला घटेको छ ।

पुरानो भवनमा नमिलेको ठाउँहरू मिलाइको छ भने स्पेससमेत बढेको छ । क्याफे परिसरमा आकर्षक गार्डेन बनाइको छ । भवनको बाहिर बाल्कोनी निकालेको हुँदा क्याफे आकर्षक देखिन्छ ।

क्याफे २ रोपनी क्षेत्रफलमा पैmलिएको छ । क्याफेमा एकैपटक १ सय ६० जनालाई सेवा दिन सकिने आचार्यले जानकारी दिए । एउटा २५÷३० जना अटाउने सेमिनार हलको समेत बनाइएको छ ।

क्याफेमा नेपाली, कन्टिनेन्टल, इटालियन र हल्का इन्डियन खानाका परिकार खुवाउने आचार्यले बताए । यहाँ उपलब्ध हुने खानाहरूमध्ये मुख्य भनेको ‘उड फायर पिज्जा’ हो । दाउरामा पकाएको पिज्जा खानका लागि धेरै मानिस आउने गरेको उनको भनाइ छ । यसको अलवा मदिरासँग खाइने स्न्याक्सहरू पनि क्याफेमा स्वादिलो बनाइने आचार्यले बताए । यहाँ चिकेन छोइला, मसरुम छोइला, बफ सुकुटी, झोल मःमः पनि पाइन्छ ।

क्याफे सञ्चालनमा आएको अवसर पारेर सीमित अवधिका लागि ग्राहकको बिल हेरी १० प्रतिशतसम्म छुट दिने बताइएको छ । ब्रिक्स क्याफेका ग्राहकहरू फेमिली गेस्टहरू, युवायुवती, बिजनेस मिटिङ, एनजिओ, आइएनजिओमा कार्यरत कर्मचारीलगायत हुन् । क्याफेमा २०÷२२ वटासम्म गाडीहरू पार्किङ गर्न मिल्छ ।

क्याफेमा हरेक शुक्रबार र शनिबार लाइभ म्युजिक पनि आयोजना गरिन्छ । सोलो सिंगर जोवन भुजुलले ग्राहकलाई सांगीतिक मनोरञ्जन दिलाउने आचार्यले बताए ।

प्रतिक्रिया