अपांगअनुकूल सूचना प्रविधि भएन

ललितपुर, ११ फागुन । सूचना प्रविधिको तीव्ररूपमा विकास हुँदै गइरहे पनि अपांगता भएका व्यक्तिले त्यसको उपभोग गर्न नपाएको गुनासो गरेका छन् । ‘महिला हिंसा अन्त्यका लागि सूचना प्रविधि तथा अपांगता भएका महिलामा सूचनाको पहुँच’ विषयक गोष्ठीमा सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।

नेपाल दूरसञ्चार प्रधिकरणको सहयोगमा मिडिया हाउसले आयोजना गरेको दुईदिने गोष्ठीमा सहभागीहरूले आपूmले सूचना प्रविधिको प्रयोग गर्नबाट वञ्चित हुनुपरेको सुनाएका हुन् ।

नेपालमा मोबाइल भित्र्याउने कम्पनीले अपांगमैत्री खालको मोबाइल सेट नल्याएकाले आफूहरूले प्रविधि आए पनि टाढा रहनुपरेको परेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले निजी मोबाइल कम्पनीले मोबाइल सेट ल्याउन र त्यसमा प्राधिकरणसँग कुरा नगरी ल्याउने भएकाले अपांगता भएका व्यक्तिलाई उपयुक्त हुनेखालको नभएको बताए । नेपाल अपांग महिला संघका अध्यक्ष निर्मला धिताल तथा पत्रकार आरती चटौतले सूचना प्रविधिको प्रयोग अपांगता भएका महिलाले गर्न नपाउँदा धेरै खालको हिंसा भोग्नुपर्ने अवस्था भएको बताए ।

मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला शर्माले तथा सूचना प्रविधिको प्रयोग अपांगता भएका महिलाले गर्न पाउनुपर्ने विषयलाई सरोकारवाला पक्षसँग ध्यानाकर्षण गराउने उद्देश्यका साथ गोष्ठीको आयोजना गरेको बताए । गोष्ठीले १० बँुदे गोदावरी घोषणापत्रसमेत जारी गरेको छ । त्यसमा अपांगता भएका महिलालाई सूचना प्रविधिको पहुँचमा पु¥याउने, सरोकारवालाले त्यसको महत्वलाई बुझी दीर्घकालीन विकासका लागि गरिबी निवारणमा मद्दत पुग्ने, सूचना प्रविधिको महत्वलाई नेपाल प्राधिकरणले बुझी कार्यान्वयन गर्न भूमिका खेल्ने र जसले अपांगता भएका व्यक्तिलाई सहयोग पुग्नेलगायत रहेका छन् ।

प्रतिक्रिया