प्राइम र ओमेघा विजयी

काठमाडौं । प्राइम र ओमेघा कलेज १४औँ ज्ञाननिकेतन अन्तर स्कुल बास्केटबल प्रतियोगितामा विजयी भएका छन् ।

सोमबार ज्ञाननिकेतनको मैदानमा भएको कलेजतर्फको खेलमा प्राइमले ग्लोबल कलेजलाई ६०–१२ को फराकिलो अन्तरमा पराजित ग¥यो । प्राइमको जितमा निश्चल मानन्धरले १५ अंकको स्कोर गरे । अर्काे खेलमा ओमेघाले रिलायन्सलाई ४०–३० को अन्तरमा पराजित ग¥यो ओमेघाको जितमा सविन श्रेष्ठले ११ अंकको योगदान दिए ।

यस्तै स्कुलतर्फको ब्वाइजको खेलमा टेरेसाले ग्रीनल्यान्डलाई २४–१८ को स्कोरमा पारजित ग¥यो । टेरेसाको जितमा विष्णु गौतमले ९ अंकको स्कोर गरिन् । यस्तै अर्काे खेलमा ग्रिनल्यान्ड विजयी भयो । ग्रिनल्यान्डले काव्य स्कुललाई ४३–१९ को फराकिलो अन्तरमा पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा अनिश श्रेष्ठ एक्लैले ३२ स्कोर ग¥यो । आयोजक ज्ञाननिकेतनको ‘ए’ टिमले समिम प्रधानको १२ अंकको स्कोरमा बेबिलोनलाई ४३–३२ ले पराजित ग¥यो ।

प्रतिक्रिया