अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

चितवन, ९ फागुन । चितवनको भरतपुरमा पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पद्मोदय युवा क्लबको आयोजनमा पटिहानीमा पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो । महाशिवरात्रि पर्वको अवसरमा यही २३ फागुनदेखि २६ गतेसम्म प्रतियोगिता गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा नेपालका विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित भारत, बंगलादेश र भुटानका राष्ट्रिय टिमले सहभागिता जनाउने नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार विष्णुराज महतोले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । (सौस)

प्रतिक्रिया