गुणस्तरीय शिक्षाका लागि प्रशिक्षण

दोलखा, ९ फागुन । दोलखामा विद्यालय तहको पठनपाठन क्रियाकलाप गुणस्तर बनाउने उद्देश्यले आयोजित ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । बालमैत्री शिक्षण सिकाई विधि तथा मनोपरामर्शसम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न श्रोत केन्द्रका स्रोत व्यक्ति, विद्ययालय निरीक्षक र माध्यमिक तहका शिक्षक गरी ३३ जनाको सहभागिता रहेको थियो ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जिल्ला शिक्षा कार्यालय दोलखा र मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालले प्रशिक्षण आयोजना गरेको हो । प्राथमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकलाई दिइने तालिमका लागि प्रशिक्षक उत्पादन गर्न कार्यक्रम आयोजना गरिएको हुराडेक नेपालका कार्यक्रम संयोजक शरद सापकोटाले बताए । तालिममा शिक्षा मन्त्रालयअन्तर्गत बजेट तथा योजना महाशाखाका उप सचिव डा. धु्रवराज रेग्मी, दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी माधव शर्मा वल्र्ड भिजन इन्टरनेसनल नेपालका चन्द्र मोक्तानलगायतले प्रशिक्षण दिएका थिए ।

तालिम समापन समारोहमा दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी माधव शर्मा, हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकलगायतले सहभागीलाई प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया