‘खुर्पा’लाई पिजी सर्टिफिकेट

khurpa copyकाठमाडौं, ५ फागुन । आगामी १४ फागुन देखि प्रदर्शनमा आउनलागेको चलचित्र ‘खुर्पा’लाई पिजी सर्टिपिकेट दिइएको छ । माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको उक्त फिल्मलाई चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट दिएको हो ।

अब पिजी सर्टिपिकेट पाएसँगै चलचित्र हेर्दा बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ । चलचित्रमा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन रहेको छ । विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह–निर्माता रहेका छन् । चलचित्रमा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ ।

चलचित्र ‘खुर्पा’मा नारी र खुर्पा बिचको सम्बन्ध देखाइएको छ । नायक सविन श्रेष्ठको एक्शनलाई चलचित्रमा दर्शकले रुचाउने अपेक्षा गरिएको छ । सेन्सरमा चलचित्र हेर्ने कर्मचारीहरूले नायिका पुष्पा लिम्बु र नायक सविन श्रेष्ठको एक्शनको खुलेरै प्रशंशा गरे । चलचित्रका निर्देशक सुब्बाले गाउँ घरमा अझै पनि महिलाहरूले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रूपमा प्रस्तुत गरेको बताए ।

प्रतिक्रिया