तीन जेसिसको संयुक्त पदस्थापन

kavre copyकाभ्रे, १ फागुन । काभ्रेमा रहेको ३ वटा जेसिसको संयुक्त कार्यक्रम गरी नयाँ पदाधिकारीको चयन गरिएको छ । काभ्रे जेसिस, महिला जेसिस र बनेपा जुनियर जेसिसको वर्ष २०१६ का पदाधिकारीको पदस्थापन गरिएको हो ।

काभ्रे जेसिस वर्ष २०१५ का अध्यक्ष विकास मानन्धरले २०१६ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, काभ्रे महिला जेसिस वर्ष २०१५ की अध्यक्ष रुविना मकै श्रेष्ठले २०१६ की अध्यक्ष रोशना राजवंशी र बनेपा जुनियर जेसिस वर्ष २०१५ का अध्यक्ष युगेश्वर कायस्थले वर्ष २०१६ का अध्यक्ष पुजन महर्जनलाई अध्यक्षीय माला हस्तान्तरण गरेर पदहसतान्तरण गरेका हुन् । एक वर्षको सफल नेतृत्व गरेको भन्दै निवर्तमान अध्यक्षहरूलाई सञ्चालक समितिको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।

काभ्रे जेसिसले यो वर्ष बैंकिङ विशेषज्ञ महेन्द्रनाथ कर्माचार्य र वरिष्ठ न्युरो सर्जन बालगोपाल कर्माचार्यलाई सम्मान पनि गरेको छ । कार्यक्रममा स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियनर जेसी पुरस्कार पुजन महर्जनलाई, राजेन्द्र जोशी उत्कृष्ट जेसी पुरस्कार विजेश मुल्मीलाई, स्व. खोमबहादुर गुरुङ उत्कृष्ट सञ्चालक समिति सदस्य पुरस्कार उमेश मानन्धरलाई, नानीमैया जोशी उत्कृष्ट महिला जेसिस पुरस्कार जयन्ती मानन्धरलाई र स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार गौतम मानन्धरलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बागमती अञ्चल प्रहरी प्रमुख एसएसपी केदारमान सिंह भण्डारीले समाजसेवामा लाग्न युवाहरूलाई आग्रह गरे । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष एवं काभ्रे जेसिसका मानार्थ सदस्य सुरकृष्ण वैद्यले जेसिसले सामाजिक कामको दायरा अझ फराकिलो पार्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल जेसिस क्षेत्र ‘ग’का निरुपित कार्यकारी उपाध्यक्ष राजाबाबु शाह, निरुपित उपाध्यक्ष रश्मी शिल्पकार, मातृ शाखा काठमाडौं जेसिसका अध्यक्ष सुमन महर्जनलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी काभ्रे जेसिस वर्ष २०१६ का अध्यक्ष राजेशकुमार श्रेष्ठले आफ्नो कार्यसमितिलाई पूर्णता दिएका छन् । उनले महासचिवमा सुमन चौप्रधान, कोषाध्यक्षमा गौतम मानन्धर र कानुनी सल्लाहकारमा डेगम शाक्यलाई मनोनित गरेका छन् । मिडिया संयोजकमा नगेन्द्र अधिकारी, तालिम संयोजकमा शेखरनाथ दुलाल, शाखा सम्पादकमा शंकर अधिकारी, जनसम्पर्क अधिकृतमा सुनित रञ्जित, कोष बृद्धि संयोजकमा राजन कार्की, जुनियर जेसिस संयोजकमा प्रमिश जोशी, प्रकरण निर्देशकमा सोहन रञ्जित, सदस्यता बृद्धि संयोजकमा विकास श्रेष्ठ मनोनित भएका छन् । निवर्तमान अध्यक्षमा विकास मानन्धर, कार्यकारी उपाध्यक्षमा उमेश मानन्धर र विजेश मुल्मी, उपाध्यक्षमा रिकेश श्रेष्ठ, परमेश्वर श्रेष्ठ, पूर्णसागर रञ्जित र अशोक श्रेष्ठ र सहसचिवमा युगेश्वर कायस्थ यसअघि नै निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया