भूकम्पपीडितहरूले घर बनाउन थाले

1 copyकाभ्रे, २९ माघ । १२ र २९ बैशाखको बिनाशकारी भूकम्पकापीडितहरूले आफ्नै शैलिको घर बनाउन थालेका छन् । पीडितहरूले पुरानै डिजाइनका माटो र ढुंगाको कच्ची घरहरू बनाउन व्यस्त पीडितहरू सरकारले गर्ने पुनःनिर्माण अभियान आश्वासन मात्रै भएको आरोप लगाएका छन् ।

काभ्रे कोशिपारी, तिमाल डाँडापारी स्थित अधिकाँश ठाउँमा यतिबेला पीडितहरूले धमाधम घर निर्माण गर्न लागेका हुन् । महाभुकम्पको करिब ९ महिना पछि सरकारले बल्ल पुननिर्माण प्राधिकरण गठन गरेको भएपनि गाउँतह सम्म कुनै कार्यक्रम नपुगेको उनीहरूले बताए ।

पुनःनिर्माण सुरु भएको करिब एक महिना पछि प्राथामिक तथ्यांक संकलनमा टोलिहरूलाई सरकारले खटाएको छ । सरकारले तिन चरणमा फागुन १२ ,चैत १२, बैशाख १२, गरी पुननिर्माण अभियान सुरु गरीने जनाएको छ ।

दोलखाबाट सुर गरिने भनिएको यस महाअभियानलाई स्थानिय निकायको साथ बिना नै सम्पन्न गर्ने भन्ने हल्ला चलेसँगै उनिहरू घर बनाउन लागेको उनिहरू बताउँछन् । तिमालका राशन तामाङ कोशिपारीका निमेश गौत्तम लगायतले कच्ची एक तले घर बनाईसकेका छन् । पीडितहरूले हिँउद सकिनै लागेकाले अब बर्षाको समयमा ओतकै लागि भएपनि माटोको घर बनाउन लागेको उनीहरूले बताए । सरकारले भने भूकम्प पीडितलाई भुकम्प प्रतिरोध घर १७ प्रकारका मोडल तयार पारेको जनाएको छ ।

राजधानिमा मात्रै यस्तो त्यस्तो भनेर प्रचार गरिएको यि डिजाईनहरू ग्रामीणस्तरका पिडीत समक्ष नपुगेकाले पुरानो शैलिको घर बनाउन परेको उनीहरूले बताए । यस्तै कोशिपारीमा सामुदायीक भवन पनि पुरानै डिजाईनले बनाउँदै आएका छन् । विर्तादेउराली ८ को सामुदायीक भवन को लागी जिल्ला बिकास समीतीले छुट्याएको १ लाख ५० हजार रूपैयाँ र गाविसको ५० हजार रूपैयाको लागतमा बनेको सामुदायिक भवन बनाउन लागिएको हो । स्थानीयको श्रम दानमा सो भवन बन्न लागेको बताईएको छ । भवन माटो र ढुङगाको कच्चा बन्दैछ बजेटको पनि यस्तो प्रयोग हुँदै छ सरकारको पुन निर्माण अभियान सेलायो स्थानीयले गुनासो गरे

भूकम्पपीडितले पाएनन् परिचयपत्र

पनौति नगरपालिका ९ का धन बाहादुर राउतको बैशाख १२ को भुकम्पले घर भत्कीएको भएपनि उनले भूकम्प पीडित परिचय पत्र पाएका छैनन् । हालसम्म पनि कुनै निकायले उनलाई वास्ता नगरेको भन्दै आफुले परिचय पत्रनै नपाएको उनले गुनासो सुनाएका छन् । उनले भने, ‘राहतको नाममा अहिलेसम्म केही पनि लिएको छैन कसैले दिएको पनि छैन भुकम्प गएको ३ महिना पछि देखि परिचय पत्रको खोजिमा सदरमुकाम धाउदै छु ।’

५० बर्षीय उनले सचिव देखि प्रमुख जिल्ला अधिकारी सम्म भेटेको भन्दै कुनै निकायले आफ्नो कुरा नसुनि दिएको गुनासो गरे । उनले भूकम्प परिचय पत्र माग्दा सचिवले उनकी श्रीमति हेमकुमारी राउतलाई हातपात समेत गरेको आरोप लगाए ।

सचिव गोपाल खड्काले उनले परिचय पत्र माग्दा हातपात गरेको आरोपलाई खण्डन गरेका छन् । यस बिषयमा प्रजिअ बालकृष्ण पन्थीले तत्कालै छुटफुटमा उनको समस्या समाधान हुने बताएका छन् ।

प्रतिक्रिया