बेचिन लागेकी चेलीको उद्धार

झापा, २९ माघ । घुमाउन लैजाने बाहानमा भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले दुइजना युवतिको झापा प्रहरीले उद्वार गरेको छ । धादिङ जिल्लाबाट घुमाउने बहाना बनाएर सीमा क्षेत्र गलगलिया हुँदै भारततर्फ लैजान क्रममा दुईजना दलाललाई प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा सर्लाही घर भएकी २४ वर्षीया सबिना तामाङ र भारत पानीघट्टा घर भएकी ३५ वर्षीया मुन्नु तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूले धादिङ–७ बस्ने २३ वर्षीया पार्वती शाही र धादिङ–१ की २५ वर्षीय आशिका परियारलाई भारतको सिलगुढी घुमाउने बहाना बनाएर लैजाँदै गर्दा साना हातहरू नेपाल नामक संस्था भद्रपुर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्रेको हो । नेपाल र भारतको सीमा क्षेत्र गलगलियाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भने शाही र तामाङ दुबैलाई उद्धार गरिएको छ । उद्धार गरिएका दुबै चेलीलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा साना हातहरू नेपाल नामक संस्था भद्रपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही नाकाबाट १५ दिनमा पाँचजना भूकम्प प्रभावित क्षेत्रबाट विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको चेलीको उद्धार गरिएको छ ।

प्रतिक्रिया