तुम्बापोलाई चुम्लुङको सम्मान

narayan tumbapo copyपाँचथर, २८ माघ । लिम्बू समुदायको सामाजिक संस्था किरात याक्थुम चुम्लुङ शाखा पाँचथरले सातौँ अधिवेशन अवसर पारेर सञ्चारकर्मी नारायण तुम्बापोलाई सम्मान गरेको छ । समाचार संकलन, सम्पादन तथा सम्प्रेषणको माध्यमबाट लिम्बू कला, भाषा, संस्कृति संरक्षणमा उल्लेख्य योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । तूम्बापो कला, साहित्यमा निपूर्ण पनि छन् ।

फिदिम नगरपालिका–२ ओदिन निवासी तुम्बापोलाई चुम्लुङ शाखा पाँचथरका तत्कालीन अध्यक्ष बुद्धराज लिम्बूद्वारा खादा ओढाई सम्मानपत्र प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशील तुम्बापोलाई लिम्बू जातिको सर्वांगीण विकासको पक्षमा कलम चलाएकोमा सम्मान गरिएको बुद्धराजले बताए ।

तुम्बापोसहित लिम्बू भाषा लिपी संरक्षणमा योगदान पु¥याउनु हुने हरिचन्द्र लावती, साहित्यमा पुष्पराज लोवा, तिलविक्रम नेम्बाङ लोक संगीतमा कृष्ण लावती र नायक तथा चलचित्रकर्मी मित्र लिंदेनलाई पनि चुम्लुङले सम्मान गरेको छ । माघ २६ उद्घाटन भएर २७ गते सम्पन्न अधिवेशनले नरेन्द्रराज केरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति समेत सर्वसम्मतले चयन गरेको छ । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः महेन्द्रकुमार आंदेम्बे, सुरेन्द्र शिशिर केरुङ, चन्द्र मांमु र युन्छोहांमा तुम्बापो चयन भएका छन् । त्यसैगरी ३ जना राष्ट्रिय परिषद् सदस्य कमिता तुम्बापो, रघुविर नेम्बाङ, गणेश चेम्जोङ र ५ जना जिल्ला परिषद् सदस्य उदय नेम्बाङ, बिचारसीङ लावती, बृजहाङ आंदेम्बे, पदम योङहाङ, मिसेकहाङ केरुङलाई समेत छनोट गरिएको छ ।

प्रतिक्रिया