महलाई शेर्पा स्मृति पुरस्कार

maha-jodi copyकाठमाडौं, २६ माघ । चर्चित हाँस्य कलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको साम्दे शेर्पा स्मृती पुरस्कार मह जोडीलाई प्रदान गरिएको छ । संस्कृतीविद् सत्यमोहन जोशीले राजधानीमा आयोजित एक समरोहकावीच मह जोडीलाई पुरस्कार प्रदान गरेक छन् ।

हिमालयन शेर्पा सांस्कृतीक केन्द्रले स्थापना गरेको साम्दे शेर्पा अक्षयकोषवाट अन्य विद्यामा समेत पुरस्कार वितरण गरिएको जनाएको छ । साम्दे शेर्पा प्रतिभा पुरस्कारवाट हाँस्य कलाकार मनोज गजुरेल सम्मानित भएका छन् भने अर्को पुरस्कार पासाङ टी शेर्पालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

मह जोडीलाई प्रदान गरिएको पुरस्कारको राशि ३१ हजार नगदको साथमा ट्रफी छ भने अन्यलाई दशहजार एकसय एघार रूपैयाँका साथमा ट्रफी प्रदान गरिएको छ । हाँस्याकलाकार साम्दे शेर्पाको नाममा स्थापना गरिएको कोषवाट बार्षिक रूपमा कलाकारिता मार्फत समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई प्रदान गर्ने जनाएको छ ।

कार्यविधितय गरी कलाकार छनौटकालागि बरिष्ठ फिल्मकर्मी यादव खरेलको संयोजकत्व समिति गरेको थियो । समितिमा बरिष्ठ हाँस्य कलाकार शिवहरि पौडेल, स्व. साम्देका दाजू पूर्व सांसद वाङछे शेर्पा, केन्द्रका वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पा र केन्द्रकै महासचिव आङ डोमा शेर्पा सम्मेलित थिए । पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा साम्देका मित्र कलाकार दिनेश डिसी र हास्यकलाकार राजाराम पौडेलले साम्देको व्यक्तित्वको स्मरण गरे । साम्दे शेर्पाको नाममा ५१ लाख रूपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया