संक्षेपमा…

धक्का महसुस
काठमाडौं । नेपालको मध्ये तथा पुर्वि भागमा शुक्रबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो । भूकम्पले धक्का ममहसुस भएपछि काठमाडौंमा धेरै मानिसहरू घर बाहिर निस्किएका थिए ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार विहारसम्म धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई वैशाख १२ को गोरखा भूकम्पकै पराकम्प हो । (सौस)

बर्खास्त र नियुक्ती
काठमाडौं । राप्रपा नेपालले पार्टीको प्रवक्ता विष्णु भट्टराईलाई बर्खास्त गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भट्टराईलाई बर्खास्त गरेका हुन् ।
यस्तै थापाले पार्टीको खाली रहेको सहमहामन्त्रीमा इन्द्र चित्रकार र मुकुन्द श्याम गिरीलाई नियुक्त गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । (सौस)

चिकित्सक पक्राउ
जनकपुरधाम । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले (सिआइबी)जनकपुरका चार जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा चिकित्सक कल्याण विश्वास, शैलेन्द्र महतो, भगवान् सहनी र सन्तोष यादव रहेका छन् । सहनी र यादव केही समयसम्म जनकपुर अञ्चल अस्पतालमा कार्यरत रहेका थिए ।
पक्राउ गरिएका चिकित्सकहरूलाई ब्युरोले काठमाडौँ ल्याइसकेको छ । चकित्सकलाई के कारण पक्राउ गरिएको भन्ने बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामभक्त जोशीले बताए । उनीहरूलाई योग्यता, चिकित्सा परीक्षाको प्रश्नपत्र र चिकित्सा विषयको अध्ययनका लागि विदेशमा पठाउने सन्दर्भमा ठगीको मुद्दामा पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । (सौस)

प्रतिक्रिया