चितवन निकुञ्जमा भेटियो पानीको स्रोत

pani ko muhan copyचितवन, २० माघ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीका ५८ वटा ठूला स्रोत फेला परेका छन् । नेपालकै पहिलो संरक्षित क्षेत्रका रूपमा चिनिने निकुञ्जले हालै गरेको अनुगमनमा ती स्रोत फेला पारेको हो ।

श्रोतहरू फेला परेपछि हाल संरक्षणको प्रयास समेत थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । साना पानीका स्रोत भने प्रशस्तै भए पनि पानीका ठूला स्रोतको मात्रै अहिले अध्ययन गरिएको उनले बताए । निकुञ्जभित्र ३८ वटा र मध्यवर्ती क्षेत्रमा २० वटा पानीका स्रोत फेला परेको कँडेलको भनाइ रहेको छ । यसमा १० हेक्टर माथिका ५ वटा, १० सम्मका २९ वटा र बाँकी १ हेक्टर बराबरका पानीका स्रोत तथा सीमसार छन् । निकुञ्जमा २ सय ५६ हेक्टरमा सीमसार क्षेत्र पैmलिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । उनले भने ‘पानीका स्रोत र सीमसार क्षेत्र संरक्षण हुन सके मात्रै वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने भएकाले फेला पारिएका पानीका स्रोतहरूलाई संरक्षण गर्न थालिएको छ ।’ उनका अनुसार पोखरीको अस्तित्व नमेटियोस् भनेर पोखरी बढाउने, थुन्ने, आकार पराकिलो तथा गहिराइ बढाउने काम निकुञ्जले गरिरहेको छ । रामसार सूचीमा सूचीकृत २० हजारी ताललगायत १७ हजार ताल बाटुली ताललगायत महत्वपूर्ण क्षेत्रमा संरक्षण गर्ने र पर्यटन प्रवद्र्धनका काम समेत भइरहेको कँडेलले जनाएका छन् ।

पानीका स्रोत र सीमसारको महत्व बढ्न थालेपछि अहिले विभिन्न क्षेत्रमा स्थानीयवासी आपैmँ सीमसार संरक्षणमा जुट्न थालेका छन् । प्राकृतिक चक्रका लागि सीमसारको महत्व अति हुने भन्दै चितवनको भरतपुरस्थित गीतानगरको उज्वलनगरका बासिन्दा अहिले सीमसार क्षेत्र संरक्षणमा जुटेका छन् । स्थानीय बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका स्थानीयवासी सिमसार क्षेत्रको संरक्षणमा जुटेका हुन् ।

प्रतिक्रिया