‘उडाइ लाने हावाले’ सरस्वतीलाई उठायो

sarswati copyकाठमाडौं, १७ माघ । ५ वर्षदेखि निरन्तर संगीत साधनमा रहेर शास्त्रीय संगीतको साधिका सरस्वती लामा भुजेलको भर्खरै बजारमा आएको म्युजिक भिडियो ‘उडीजाने हावाले’ अहिले निकै चर्चा कमाएको छ । ५ महिना अगाडि सार्वजनिक भएको ‘उत्तर–पूर्व’ गीति एल्बममा भएको रहेको ‘उडीजाने हावाले‘’ गीत हिट भएपछि हिजोआज श्रोता÷दर्शकको नजरमा उनी पर्न थालेकी छन् ।

गायिका सरस्वती छोटो समयमा निकै चर्चाको शिखरमा पुगेकी छन् । काठमाडौं तथा उपत्यका बाहिर हुने कार्यक्रमहरू समेत स्टेज पाउन थालेकी उनले रक फ्लेभरका गीत गाउँदै आएकी छन् । उनको गीत श्रोता तथा दर्शकले एकदमै रुचाएकामा गर्व गर्दै उनले भनिन्, ‘विभिन्न स्टेजमा जाँदा गीतकै आधारमा मलाई उडी जाने गायिकासमेत भन्न थालेका छन् ।’

भर्खरै आएको ‘उत्तर–पूर्व’ रिलिज गरेपछि २ दर्जनभन्दा बढी कन्सर्ट गर्न भ्याइसकेकी उनले ‘उडीजाने हावाले’गीतको शब्ददेखि म्युजिक भिडियो निर्देशनसम्म आपैmँले गरेकी छन् । यति मात्र नभई म्युजिक भिडियोमा आपैmँले मोडलिङसमेत गरेर आफ्नो प्रतिभाको पहिचान गराएकी छन् । मोडलिङमा समेत देखिएकी उनले त्यो क्षेत्रमा पनि राम्रै प्रतिक्रिया आइरहेको बताइन् । शास्त्रीय संगीत सिकेकी उनी नियमित नाच्नसमेत जाने गरेकी छन् । उनी विशेष गरेर साल्सा र जुम्बा डान्स गर्ने कलाकार पनि हुन् । उनले आपूmसँग भएको प्रतिभालाई निख्खारता दिन अझै समय लाग्ने बताउँदै सिक्ने अवसरहरू अझै रहेको बताइन् । ‘निरन्तर साधना गरेपछि कुनै दिन सफलता हात लाग्दो रहेछ ।’ उनले भनिन् । ‘तर अझै धेरै गर्नु छ ।’

प्रतिक्रिया