समाज फेर्ने यी पुस्तक

3 copy6 copy1 copy

सामान्यतया पुस्तक कुनै व्यक्तिलाई केही जानकारी दिन या केही थाहा दिन सकिन्छ । पुस्तक लेखनशैली फरक हुन्छन्, तर मूल ध्येय आफूले थाहा पाएको कुरा अरूलाई थाहा दिनु नै हो । तर, केही यस्ता पुस्तक छन् । जसले समाजमा क्रान्ति नै गरेर देखाइदिए । मान्छेको सोच्ने शैलीलाई नै पुस्तकले परिवर्तन गरिदियो ।

समाज र राजनीतिलाई प्रभाव पार्ने पुस्तकमा प्लेटोले लेखेको रिपब्लिक प्रमुख मानिन्छ । दर्शन र राजिनीतिमा प्रभाव पार्ने यो पुस्तकमा शासकको दायित्व र मान्छेको भावनाको महत्वको बारे ब्याख्या गरिएको छ ।

कार्ल माक्र्स र फ्रेड्रिक एंगल्सको कम्युनिस्ट घोषणा पत्र संसारलाई प्रभाव पर्ने पुस्तकको रूपमा रह्यो । कम्युनिस्ट सोचको थालनी मानिने यो पुस्तकमा शासन प्रक्रिया र वर्गीय विभेद अन्त्य तथा श्रमजीवीको हक र हितका विषय रहेको छ ।

थोमस पाइनले लेखेको द राइट अफ म्यानमा नागरिकको हक र अधिकार सुरक्षा गर्न सरकारको भूमिका उल्लेख छ । फ्रान्सेली राज्यक्रान्तीको पक्षमा लेखिएको यो पुस्तक संसारमा प्रजातान्त्रिक आन्दोलनका लागि समेत उत्प्रेरण दिन सफल भयो । उनैले लेखेको कमन सेन्स पनि संसारलाई प्रभाव पार्ने खालको रह्यो । सन् १७७६ मा लेखिएको यो पुस्तक बेलायती साम्राज्यविरुद्धमा अमेरिकाले गरेको संघर्षको पक्षमा थियो ।

एलेक्सिस डे टक क्युभायलले लेखेको डेमोक्रेसी अफ अमेरिकामा त्यस देशमा प्रजातन्त्रको सफलता र अन्य देशमा रहेको असफलता विषय उठान गरिएको छ । फ्रान्सबाट अमेरिका भ्रमणमा गएपछि उनले यस्तो कुरा लेखेका हुन् । निकोलो मेकइयाभेलिलले लेखेको द प्रिन्समा राजसंस्था कसरी सफल र असफल हुन्छ भन्ने कुरा उल्लेख छ । यो पुस्तक सन् १५१३ मा लेखिएको हो ।

हेरियट बेचिइए स्टोले लेखेको अंकल टम्स क्याबिनमा दास मानसिकताको विरुद्धमा रहेको छ भने श्रमको मूल्यको पक्षमा उठान गरिएको छ । जोन स्टेवार्ट मिलले अल लिबर्टी १८औँ शताब्दीको मध्यमा प्रभावकारी मानिन्थ्यो । यसमा आधुनिक समयका कर्णेलको व्याख्या गरिएको छ । जसले समाजमा भएको प्रजातान्त्रिक गतिविधिलाई प्रभाव पारोस् । कार्ल माक्र्सले लेखेको दास क्यापिटलमा पँुजीवाद र यसले नेपाली समाजमा पारेको नकरात्मक असरको चर्चा गर्दै कसरी श्रमको मूल्य निर्धारण गर्न सकन्छ भन्ने उल्लेख छ । एडम स्मिथले द वेल्थ अफ नेसन अर्को संसारलाई प्रभाव पार्ने पुस्तक हो । सन् १७७६ मा लेखिएको यो पुस्तक आर्थिक स्वतन्त्रताको पक्षमा छ । चे ग्वेभेराले लेखेको गुरिल्ला वेरफेरमा माक्र्सवादीको सशस्त्र युद्ध शैलीसँग सम्बन्धित छ ।

जेउफ्री काउसरले १४आँै शताब्दीमा लेखेको सेनटरबुरी टेल्स अत्यन्त चर्चामा रह्यो । यसका हरेक कथा अहिले पनि पढिने गरिन्छ । डिएच लरेन्सले ‘लेडिज चार्लिज लभर’मा तल्लो वर्गको व्यक्तिसँगको एउटी महिलाको यौन चाहनाको कुरा उठाइएका छन् । मृत्युबारे प्रसंग जोडिएको दातेको कविता ‘डिभाइन कमेडी’ संसार हल्लाउने साहित्यको सूचीमा रहेको छ । ‘द कम्प्लिट वर्क अफ विलियम शेक्सपियर’ अहिले पनि अर्थ बोकेको पुस्तकको रूपमा रहेको छ ।

चिउना अचेबेले लेखेको उपन्यास ‘थिङ्स फल अपार्ट’मा ऐतिहासिक कालमा पाश्चात्य दबदबाको कारण अफ्रिकी महिलाले भोगेको पीडाका विषय उल्लेख छ । सन् १९५८ मा लेखिएको यो उपन्यासलाई अहिले पनि साम्राज्यवाद पतनको एउटा हिस्सा मानिन्छ ।
हर्मन मे

ल्भाइलले लेखेको उपन्यास ‘मबी डिका’ मान्छेले ह्वेल माछाको सिकार गर्न गरेको मिहिनेतमा आधारित छ । सांकेतिक अर्थ बोकेको यो उपन्यास प्राकृतिक रूपले पनि चर्चामा रह्यो । अर्डल हक्ससलिलले लेखेको चर्चित उपन्यास ब्रेभ न्यु वल्र्डमा कसरी व्यक्तिले आफ्नो परिचय गुमाउँछ भन्ने प्रष्ट पारिएको छ ।

होमरले लेखेको कविता संग्रह ‘इलियाड एन्ड होडिसी’ अहिले पनि पाठ्यक्रममा प्रायः समावेश गरिन्छ । ग्रिक कवीको कवितामा टार्जन वारको कुरा उल्लेख छ । माइकल डे क्याभेन्टासले लेखेको उपन्यास ‘डन क्वाइट’ पढ्दा आनन्द आउने रमाइरहन सकिने पुस्तकको रूपमा रहेको छ ।

सन् १८४३ मा प्रकाशित भएको चाल्र्स डिकेनको ‘क्रिसमस क्यारोल’मा क्रिसमसको सेरोफेरोमा रहेको कथा संकलित छ । गुस्ताभो फाउबेटले लेखेको म्याडम बोभारीमा विनाप्रेमको विवाहलाई बन्देज लगाइनु पर्ने आशय व्यक्त गरिएको छ । एन्ड्रयु न्यांगले लेखेको ‘अरेबियन नाइट’ त्यत्तिकै चर्चामा रहेको पुस्तक हो । प्राचीन कालको संस्कृती यसमा उल्लेख छ । हेरी पोर्टर शृंखलामा लेखिएको ‘हेरी पोर्टर एन्ड द फिलोसोफर स्टोन’ पनि त्यत्तिकै चर्चामा रह्यो । यो युवा नेतृत्वको परिकल्पना गर्दै जेके रोलिङले लेखेका थिए । लियो टाल्सटायको ‘वार एन्ड पिस’ यथार्थपरक भएका कारण कालजयी बन्न सफल भयो । एन्टोनी डि सेन्टको ‘द लिटल प्रिन्स’ संसारमै धेरै बिक्री भएका पुस्तक मध्ये एक हो । यो पढेपछि मान्छेले जीवनको अर्थबारे सोच्न थाल्छ । पाउल सेल्होको द अल्केमिस्ट पनि चर्चामा रहन सफल भएको थियो ।

प्रतिक्रिया