द्वन्द्व प्रभावितको छानबिन सबैसँग मिलेर गरिने

kavrre copyकाभ्रे, १४ माघ । सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेकाहरूको निश्पक्ष छानबिन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानीय अधिकारकर्मी तथा शान्ति समितिसँग सहकार्य गरेर अगाडि बड्न चाहेको बताएको छ । आयोगको सदस्य मादवी भट्टले नागरिक समाज, मानवअधिकार कर्मी र सरकारी निकायसँग धुलिखेलमा छलफल गर्दै यस्तो बताएकी छन् ।

उनले आयोग राजनीतिक भागबन्डाकै आधारमा गठन भएको स्वीकार्दै त्यसको अधिकारमा रहुन्जेल कुनै विचारको दबाबमा रहेर काम नगर्ने पनि बताइन् । द्वन्द्वमा भएको मानविय क्षति र संकट व्यहोरेका सबैले आयोगमा निवेदन दिन सक्ने उनले जनाएकी छन् । उनले निवेदनको आधारमा निष्पक्ष छानबिन गरिने भन्दै सधँै सबैसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको उनको भनाइ थियो ।

प्रतिक्रिया