अग्रजलाई पत्रकारलाई सम्मान

dhankuta copyधनकुटा १३ माघ । साझा सञ्चार नेपाल धनकुटाले संस्थाको तेस्रो स्थापना दिवसमा क्रियाशील पत्रकार तथा अग्रज पत्रकारलाई सम्मान गरेको छ । ‘धनकुटा क्रियाशील युवा पत्रकारिता पुरस्कार’ बाट रेडियो लालिगुराँस हिलेकी समाचार सम्पादक शर्मिला राई पुरस्कृत भएकी छन् ।

धनकुटा सदरमुकाममा कार्यक्रमको आयोजना गरी साझा सञ्चारले राईलाई नगद ३ हजार ३ सय ३३ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो । त्यस्तै अग्रज पत्रकार सम्मानमा पत्रकारद्वय सिद्धराज राई र मोहन ढुंगेललाई सम्मान गरिएको छ । पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका सम्मानित राई नागरिक दैनिकमा कार्यरत छन भने ढुंगेल राजधानी दैनिकका पुर्व वरिष्ठ सहसम्पादक हुन । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत र सम्मान गरिएको साझा सञ्चारका अध्यक्ष भेषराज कटेलले बताए ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, साझा सञ्चारका सल्लाहकार रमेशचन्द्र अधिकारी, प्रेस युनियनका जिल्ला अध्यक्ष यानिन्द्र तिगेला, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायणकुमार राई, साझा सञ्चारका उपाध्यक्ष डा.खगेन्द्र कुटवाललगायतले पुरस्कृत र सम्मानित पत्रकारलाई बधाई ज्ञापन गरेका थिए । साझा सञ्चार नेपालले माघ ११ गते स्थापना दिवसको अवसर पारेर हरेक वर्ष क्रियाशील एक पत्रकारलाई पुरस्कृत र दुई अग्रज पत्रकारलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया