ई–रिक्सा चालकको परीक्षा

e reka tiral at butwalबुटवल, माघ ११ । बुटवलमा पहिलोपटक विद्युतीय सवारी साधन (ई–रिक्सा) को सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सुरु भएको छ । नेपालमै पहिलोपटक ई–रिक्सा चालकहरूले यसरी लाइसेन्स परीक्षा दिएका हुन् ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र (लाइसेन्स) र पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बुटवलको देविनगरमा रहेको ट्रायल सेन्टरमा ई–रिक्सा चालकहरूलाई (ग) वर्गको लाइसेन्स परीक्षा लिइएको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रकाश अधिकारीले अब ई–रिक्सा चालकहरूले लाइसेन्सविना रिक्सा चलाउन नपाइने बताए । उनले ई–रिक्सा व्यवस्थापनका लागि लाइसेन्स अनिर्वाय रहेकाले लाइसेन्सको परीक्षा सञ्चालन गरेको बताए । उनले यस क्षेत्रमा रहेका नगरपालिकाहरूले अस्थायी रुट प्रमिट दिएर भएपनि ई–रिक्सालाई व्यवस्थित बनाउन आग्रह गरे । उनले बुटवल उपमहानगर पालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाले रुट प्रमिट दिई आवश्यक संख्यासमेत तोक्न आग्रह गरे ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयका प्रमुख वेदप्रसाद अर्यालले ७ सय ९२ जना चालकहरूले ई–रिक्सा चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिएकोमा ५ सय २५ जना लिखित परीक्षामा उत्तीर्ण भएको बताए । उनले माग अनुसार फेरी पनि ई–रिक्साको लाइसेन्स परीक्षा खुला गर्ने जानकारी दिएका छन् । लाइसेन्स परीक्षामा, बुटवल, चितवन, दाङ, नवलपरासी, कपिलबस्तु लगायतका जिल्लाहरूबाट चालकहरू आएको बताए । नेपालमा पहिलो पटक लिइएको ई–रिक्साको परीक्षा दिनेहरूमा महिलाहरूको उल्लेख्य सहभागिता रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया