लघुवित्तले ठगेको महिलालाई आरोप

kavreकाभ्रे, २५ पुस । नेपालको ४० वटा लघुवित्त संघ– संस्थाले महिलाहरुलाई बिना धितो ऋण प्रवाह गर्दै आए पनि ४८ प्रतिशतसम्म ब्याज असुल गर्दै नफाको मात्रै कारोबार गरेको भन्दै पीडित महिलाहरुले पत्रकार सम्मेलन गरेका छन् ।

साना ऋण ५ हजारदेखि १ लाखसम्मको लगानि गर्दै आएको लघुवित्त संस्थाले चर्काे व्याजमा ऋण लगानी गरेर नाफामुखी मात्रै भएको उनीहरुले आरोप लगाएका छन् । शनिबार काभ्रेको बनेपामा भएको सम्मेलनमा लघुवित्तले महिला हितको पक्षमा लगानी नगरेको भन्दै शोषणको नयाँ कदमको लागि गरीब महिलाको नाममा नाफा कमाइरहेको उनीहरुले बताएका छन् ।

नेपालका ४० लघुबित्त संस्थाबाट २५ लाख महिला पीडित भएको दाबी गर्नै उनीहरुले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । काभ्रेमा रहेको २४ लघुवित्त संस्थाले बिना धितो ऋण प्रभाह गर्दै आए पनि भूकम्प र नाकाबन्दीको असरले महिलाहरुले लिएको ऋण तिर्न नसक्दा उनीहरुलाई थप समस्या देखा परेको छ ।

सरकारले ऋण प्रवाह गर्ने यस्ता संस्थाले सिपमूलक र उत्पादनमूलक क्षेत्रमा महिलाहरुलाई ऋण दिनुपर्ने र चर्काे व्याजको अन्त्य हुनुपर्ने उनीहरुले माग गरेका छन् । राष्ट्रिय लघुवित्तपीडित ऋण मुक्ति नागरिक महिला अपभयानले सञ्चालन गरेको अभियानलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष महिना ब्लोनले यस्ता संस्थाले महिलाको विकास र उन्नतीको सट्टा पीडा थपेको बताएकी छन् । उनले लघुवित्तको नीति सुधार गरिनुपर्ने, विपन्न वर्गका महिलाका लागि केही ब्याजमा हेरफेर गरिनुपर्ने, प्रशासनको आडमा भएका क्रियाकलापहरु बन्द गर्नुपर्ने, उत्पादन बजार स्वरोजगारसँग जोडिएको कारोबारलाई मात्रै लगानी गर्नुपर्ने, विभिनन प्रलोभन देखाई एउटै व्यक्तिलाई दोहोरा कर्जा दिन बन्द गर्नुपर्नेलगायत आफूहरुको माग रहेको बताएकी छन् । उनले सम्बन्धित निकाय तत्काल कार्यान्वयनमा जानुपर्नेे बताएकी छिन् ।

यस्तै जिल्ला अध्यक्षसमेत रहेकी गीता रानाले सरकारले भूकम्प प्रभावित क्षेत्रका महिलाहरुलाई यस्ता ऋणसम्बन्धी कारोबारकै क्रममा ३ महिलाको मृत्यु भएको, रात र दिनमा नै ऋणकै कारण घरबार छोडेर हिड्न विवश भएको भन्दै मानसिक तनाबमा हरदिन समस्या खेपी रहेको र लघुवित्त संस्थाले गरेको अत्याचार मानव हितविपरीत भएको बताएकी छन् ।

 

प्रतिक्रिया