गाईपालनबाट मनग्य आम्दानी

anchoringकाठमाडौं, २१ पुस । पोखराका गाईपालक कृषकले महिनामा करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । दृढ इच्छा शक्ति र लगनशील हुने हो भने कुनै पनि व्यवसाय गर्न पैसाले रोक्दैन भन्ने उदाहरण भरत पोखरीस्थित बागमाराका गाईपालक कृषक शोभाकर भण्डारी बनेका छन् ।

पोखराको बिरौटास्थित कान्जिहाउसबाट २ सय रुपैयाँमा खरिद गरेको स्थानीय जातको गाईको बाच्छीलाई उन्नतजातको बहर लगाएर सुरु गरेको गाईपालन फस्टाएर व्यवसायमा परिणत भएपछि भण्डारी सबैका लागि उदाहरणीय बनेका हुन्् । ‘२२ वटामध्ये १२ दुहुना गाईले दैनिक २ सय १० लिटर दूध दिन्छन्’, उनले भने, ‘पोखरा दुग्ध सहकारीलाई बिक्री गरी मासिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।’

नयाँ गाई खरिद गर्नभन्दा बाच्छी हुर्काउन जोड दिँदै आएका भण्डारी गोठमा हुर्केका साना ठूला गरी ३० वटा बिक्री गरेर १२ लाख रुपैयाँ आम्दानी गरेको बताए । ‘दूध खान सुरु गरेको गाईपालनबाट मनग्य आम्दानी होला भनेर सोचेकै थिइनँ’ उनले भने । अहिले उनको गोठमा १२ दुहुनासहित १० वटा ब्याउने र तीन वटा बाच्छी छन् ।

भण्डारीलाई श्रीमती चन्द्रमायाले सघाउँदै आएकी छिन् भने गाईपालनबाट दैनिक ४ जनाले प्रत्यक्ष रोजगारसमेत पाएका छन् । चन्द्रमायाका अनुसार एउटा गाईले १ दिनमा १० देखि १५ लिटरसम्म दूध दिने गरेको छ । उत्पादित दूध गाग्रीमा बोकेर साँझ र बिहान डेरीसम्म पु¥याउनु भण्डारी दम्पत्तिको दैनिकी बनेको छ ।

गाईले १ वर्षमा लगातार १० महिनासम्म दूध दिने गरेको उनले बताए । फाइदा कै कारण आपूmले गाईपालन व्यवसाय रोजेको भण्डारीको भनाइ छ । ‘बाच्छाबाच्छी र पाडापाडीलाई दूध चुस्नसमेत नदिइकन मार्नुभन्दा हुर्काउन किसानलाई राज्यले प्रोत्साहन गर्नुपर्छ’ उनले भने ।

पोसिलो घाँस उत्पादनमा कठिनाई परेकोले गाईपालनका लागि घाँसभन्दा दाना र चोकरमा बढी निर्भर हुनुपरेको छ । दूध उत्पादन लागत बढी पर्नेगरेको भए पनि बजार मूल्य भने अझै सन्तोषजनक नभएको भण्डारीको गुनासो छ । दूध बिक्री गरेको आम्दानीले घर खर्च कटाएर उनले बाहिरबाट जन्मिने बित्तिकैका बाच्छी ल्याएर हुर्काउने गरेका छन् ।

लेखनाथ नगरपालिका–१७ गाईगौँडामा रहेको ३२ रोपनी जग्गामा उनले लगभग १७ लाख रुपैयाँ खर्चेर गाई, भैँसी, बाच्छीका लागि छुट्टाछुट्टै आधुनिक गोठ निर्माण गरेका छन् भने बाँकी जमिनमा विभिन्न जातको घाँससमेत उत्पादन गरेका छन् । सरकारी ऋण लिन झन्झटिलो भएको बताउँदै उनले सहजरूपमा ऋण प्राप्त हुने अवस्थाका लागि सरकारी पक्षसँग आग्रह गरे ।

भण्डारी दम्पत्तीको गोठमा ४० वटा दुहुना गाई पु¥याउने लक्ष्य रहे पनि पानीको अभावका कारण त्यो सम्भव हुन सकेको छैन । पानीको अभावकै कारण वर्षाको पानी संकलनका लागि पोखरी निर्माणसमेत गरेकोमा त्यसले समेत अभाव नमेटेका कारण ट्यांकरको पानी खरिद गर्नुपरेको चन्द्रमाया भण्डारीको भनाइ छ ।

प्रतिक्रिया